LIVE
उद्यमीलाई आर्थिक विकासको संवाहक बनाउन सरोकारवालाको जोड | नवनियुक्त मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे शपथ लिने, एक सातापछि विश्वासको मत लिने | मधेश सरकार गठनमा संवैधानिक अन्योल, सत्ताको दाउपेचमा दलहरू | नेकपाका केन्द्रीय सदस्य श्याम यादवसहितका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश | चिनियाँ दूतावासद्वारा जनकपुरको कन्या मावि शैक्षिक सामग्री सहयोग | छठ मनाउन मधेश झरे कांग्रेस सभापति थापा, सर्लाही हुँदै वीरगञ्ज पुग्ने | मधेशमा छठको रौनक, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै | मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान | कमला नदीमा डुबेर धनुषाका २४ वर्षीय युवकको मृत्यु | प्रदेश सरकारले भीमफेदी दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही एक लाख दिने |

जनकपुरधाम । जनकपुरधामका आयोजित सामाचकेवा महोत्सव २०८२ सम्पन्न भएको छ । मिथिला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले मैथिली विकास कोषले स्थानीय जानकी मन्दिर परिसरमा आयोजना गरेको सामाचकेवा महोत्सव २०८२ सम्पन्न भएको हो ।
महोत्सव अन्तर्गत आयोजित सामा चकेवा मूर्ति कला प्रतियोगितामा विभिन्न १४ टिमले सहभागिता जनाएको थियो । महोत्सवमा सहभागी विभिन्न टोलीले सामा गीतको प्रस्तुति समेत दिएका थिए ।

सो प्रतियोगितामा सखी बहिनपा समूह प्रथम, कल्चरल भिलेज मिथिलेश्वर द्वितिय र ब्रह्मर्षी समाज मिथिलानी समूह तृतिय भएको थियो । प्रथम पुरस्कार विजेता टोलीलाई ११ हजार, द्वितिय हुने टोलीलाई ७ हजार र तृतिय हुने टोलीलाई ५ हजार राशीको पुरस्कार प्रदान गरिएको थियो । बाँकी टोलीलाई सान्त्वना स्वरुप १÷१ हजार राशीको पुरस्कार प्रदान गरिएको थियो ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले सामाचकेवा मिथिला साँस्कृतिमा भाईबहिन बीचको प्रेमलाई प्रगाढ बनाउने साँस्कृतिक रहेकोले यसलाई संरक्षण र संवद्र्धन गर्ने उदेश्यले आफुहरुले महोत्सव आयोजना गरेको बताए ।

सम्बन्धित खबर