LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । पुर्वमन्त्री तथा निवर्तमान सांसद ज्वाला साह प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका क्रममा पार्टीको आन्तरिक मतदानमै पराजित भएकी छन् ।
नेकपा एमाले बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिसका विषयमा सहमति जुट्न नसकेपछि आन्तरिक मतदान गरिएको थियो। उक्त मतदानमा पूर्वमन्त्री साह पराजित भएकी हुन् । उम्मेदवार सिफारिस टुंगो लगाउन क्षेत्रीय कमिटीको बैठकमा भएको मतदानमा कुल ६४ जना मतदाताले सहभागिता जनाएका थिए। मतदान परिणामअनुसार जिल्ला अध्यक्षसमेत रहेका अध्यनन्द पाण्डेले सर्वाधिक ४६ मत प्राप्त गरेका छन्।

त्यसैगरी एम. समिउल्लाहले ३७ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेका छन् भने सीमा ठकुरीले ३६ मत प्राप्त गरी तेस्रो स्थानमा रहिन्। आन्तरिक मतदानको नतिजाअनुसार निवर्तमान सांसद तथा पूर्वमन्त्री ज्वाला साहले जम्मा ४ मत मात्र प्राप्त गरिन्। यस नतिजासँगै पूर्वमन्त्री साह उम्मेदवार सिफारिसको दौडबाट बाहिरिएकी छन्।

त्यसैगरि,सीता सुवेदीले १ र टिना सुवेदीले शुन्य मत प्राप्त गरेकी छिन् । पार्टीभित्र उम्मेदवार सिफारिसका विषयमा लामो समयदेखि छलफल हुँदै आए पनि सहमति नजुटेपछि लोकतान्त्रिक विधिअनुसार मतदान प्रक्रिया अपनाइएको एमाले नेताहरूले बताएका छन् ।

सम्बन्धित खबर