LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । पछिल्लो करिब दुई सातादेखि बढेको शीतलहर र चिसोले जनजीवन प्रभावित भएपछि धनुषाको धनौजी गाउँपालिकाले चोक चोकमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरेको छ ।

चिसो बढ्दै जाँदा काम विशेषले हिंड्नै पर्ने बटुवा, गरिब विपन्नहरुलाई लक्षित गरी पालिकाको पाँच वटै वडा क्षेत्रमा अध्यक्ष राजकुमार साह र प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासको अगुवाईमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरिएको हो । अध्यक्ष साहका अनुसार धनौजी गाउँपालिका अन्तर्गत १ देखि ५ नं. वडा क्षेत्रमा पर्ने लखौरी, धनौजी, गौरदाहा, कटैयाका तीनटोल, सीमावर्टी गाउँ भडरिया र बौहर्वाका मुख्य मुख्य चोक र गरिव विपन्न बस्तीमा आगो ताप्न दाउरा वितरण गरिएको हो ।

‘अत्यधिक चिसो बढेपछि हरेक वार्डमा ३०÷३० क्वीण्टल पर्नेगरी डेढ सय क्वीण्टल दाउरा वितरण गरिएको छ’ प्रमुख प्रशासकीय अधिकृत दासले भने ‘चिसो र शीतलहर कायम रहे आवश्यकता अनुसार पुनः अर्को चरणमा पनि दाउरा वितरण गरिने छ ।’ उनका अनुसार चिसोमा दाउरासहित आवश्यकताको आधारमा अन्य रातहको व्यवस्था समेत गरिने छ । प्रादेशिक राजधानी जनकपुरधाम नजिकै रहेको धनौजी गाउँपालिका अन्तर्गत पर्ने वडा क्षेत्रका गाउँ बस्तीमा चोक चोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरिएपछि राहत भएको स्थानीयले बताए ।

स्थानीय किसानहरुका लागि पालिकाले चार सय ८६ क्वीण्टल गहुँको बीउ खरिद गरी लात साझेदारी अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषि शाखामार्फत स्थानीय किसानहरुलाई वितरण गरिएको उनले बताए । ‘यो पल्ट आवश्यकताको आधारमा किसानहरुले अनुदानको बीउ पाएका छन्’ उनले भने ‘समयमै अनुदानको बीउ पाएका किसानले आफ्नो खेतबारीमा छरिसकेकाले उत्पादन पनि राम्रो हुन सक्छ ।’

सम्बन्धित खबर