LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । नेकपा एमालेले २१ फागुनमा हुने भनिएको प्रतिनिधि सभा निर्वाचनको लागि मधेश प्रदेशका निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।

नेकपा एमालका केन्द्रिय सचिवालयले शनिवार राती मधेश प्रदेशसहित देशभरिका १६८ वटा निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरु सार्वजनिक गरेको छ । मधेश प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रहेकोमा २७ वटा क्षेत्रका उम्मेदवारहरुको नाम सार्वजनिक गरेपनि ५ वटा क्षेत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीले टुंगो लगाउने निर्णय गरेको छ ।

महोत्तरीका निर्वाचन क्षेत्र नम्बर ३,सर्लाहीको क्षेत्र नम्बर १ र २ र पर्साका निर्वाचन क्षेत्र नम्बर १ र २ का अध्यक्ष ओलीलाई उम्मेदवार टुंगो लगाउने जिम्मेवारी दिईएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा सुमन प्याकुरेल, २ मा मधेश प्रदेशका पुर्व मुख्यमन्त्री सतिश कुमार सिंह, ३ मा ताराकान्त चौधरी र क्षेत्र नम्बर ४ मा बालकृष्ण चौधरीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ । पुर्व मुख्यमन्त्री सिंह भने आफु नेकपा एमालेबाट निर्वाचन लड्ने स्पष्ट गरिसकेका छन् । पुर्व मुख्यमन्त्री सिंहले आफ्नै दाई सत्यवानकुमार सिंहको नेतृत्वमा दर्ता गराएको स्वाभिमान पार्टीबाट चुनाव लड्ने बताएका छन् । तर नेकपा एमालेका नेताहरुले पुर्वमुख्यमन्त्री सिंहकै आग्रहामा सो क्षेत्रमा सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको बताउँछन् ।

त्यसैगरि,सिरहा क्षेत्र नम्बर १ मा केदार यादव, २ मा नविनकुमार यादव ३मा लिलानाथ श्रेष्ठ र ४ मा बिल्टु यादवलाई उम्मेदवार बनाएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा मधेश प्रदेशका निर्वातमान प्रदेश सभामुख रामचन्द्र मण्डल, २ मा उमाशंकर अरगडिया,३ मा पुर्व मन्त्री जुली महतो र ४मा पार्टीका सहमहासचिव रघुवीर महासेठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
महोत्तरीमा क्षेत्र नम्बर १ मा लक्ष्मी महतो कोइरी २ मा रामपरिक्षण यादव र ४ मा पुर्व मुख्यमन्त्री सरोज कुमार यादवलाई उम्मेदवार बनाएको छ । पुर्व मुख्यमन्त्री यस अघि निर्वाचन क्षेत्र नम्बर ४ को क बाट प्रदेश सभा सदस्यमा निर्वाचि भएका थिए ।
त्यसैगरि, सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा हरि उप्रेती र क्षेत्र नम्बर ४ खाली राखेको छ ।

रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा अजय गुप्ता २ मा शैलेन्द्र साह ३ मा कुन्दन कुशवाहा र ४ मा रामजी शाहलाई उम्मेदवार बनाएको छ । रौतहट क्षेत्र नम्बर नेपाली कम्युनिष्ट पार्टीले पुर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई सो क्षेत्रबाट उम्मेदवार बनाउने चर्चा छ ।
बारा निर्वाचन क्षेत्र नम्बर १मा अच्युत मैनाली २मा बलवीर चौधरी ३मा ज्वाला साह र ४ मा किसान श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उम्मेदवार छनौटका लागि भएको पार्टीको आन्तरिक निर्वाचनमा बारा ३ बाट पुर्वमन्त्री ज्वाला साह पराजित भएकी थिईन ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ मा अझै उम्मेदवार टुंगो लागेको छैन । यि क्षेत्रहरुमा उम्मेदवार टंगो लगाउन सचिवालयको वैठकले अध्यक्ष ओलीलाई जिम्मेवारी तोकिएको छ ।

पर्सा क्षेत्र ३मा पुर्व प्रदेश मन्त्री प्रमोद जैसवाललाई उम्मेदवार बनाईएको छ । उनी अहिले प्रदेश सभा सदस्य समेत हुन । त्यसैगरि पर्सा क्षेत्र नम्बर ४ मा पुर्व गाउँपालिका अध्यक्ष जालिम मियाँ अन्सारीलाई उम्मेदवार बनाउने नेकपा एमालेले निर्णय गरेको छ ।

सम्बन्धित खबर