LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ को कार्यालयले वडामा रहेका जेष्ठ नागरिकहरूलाई कम्बल वितरण गरेको छ। वडा कार्यालयले सोमबार आयोजना गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ६० जना वृद्धवृद्धालाई कम्बल वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले कार्यक्रमलाई सम्बोधन गर्दै भ्रमपुरा चोकदेखि पिराडी चौक, रामानन्द चौक र कुर्थासम्मका सडकका लागि एक अर्ब ७० करोड रुपैयाँको टेन्डर भइसकेको जानकारी दिए। उनले ती सडकहरूको टेन्डर प्रक्रिया सम्पन्न भइसकेको र चालु आर्थिक वर्षमै निर्माण कार्य सुरु हुने बताए।

मेयर साहले रत्नसागर पोखरीको सौन्दर्यकरणका लागि डिपिआर (DPR) समेत तयार भइसकेको जानकारी दिँदै उक्त डिपिआर निर्माणमा वडा अध्यक्ष दिनेश सिंहको महत्वपूर्ण भूमिका रहेको बताए। साथै उनले सरसफाइ तथा फोहर व्यवस्थापनमा सहयोग गर्न नगरवासीहरूसँग आग्रह गरे। जेष्ठ नागरिक कार्यक्रम सफलतापूर्वक आयोजना गरेकोमा उनले वडा अध्यक्ष दिनेश सिंहको प्रशंसा समेत गरे।

कार्यक्रमका अध्यक्ष तथा जनकपुरधाम–८ का वडा अध्यक्ष दिनेश सिंहले विगत २० वर्षमा हुन नसकेको विकास आफूले चार वर्षको कार्यकालमा गरेर देखाएको दाबी गरे।

वडाको विकास निर्माणप्रति आफू सदैव तत्पर रहेको बताउँदै उनले वडाका जेष्ठ नागरिकहरूलाई तीर्थधाम भ्रमण गराउने प्रतिबद्धता व्यक्त गरे। साथै प्रतिबद्धता अनुसार काम नगर्ने जनप्रतिनिधिलाई कारबाही गर्ने कानुनी व्यवस्था हुनुपर्नेमा उनले जोड दिए।

सम्बन्धित खबर