LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

जनकपुरधाम । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमै नेपालले साहसिक प्रदर्शन गर्दै बलियो इङ्ल्यान्डलाई कडा चुनौती दिएको छ ।

मुम्बईस्थित वानखेडे मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल ४ रनले पराजित हुन पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो ।

कप्तान ह्यारी ब्रुकले ३२ बलमा ५३ रन बनाए भने जेकोब बेथेलले ३५ बलमा ५५ रनको अर्धशतकीय पारी खेले । विल ज्याक्स ३९ रनमा अविजित रहे ।

नेपालका बलरमध्ये दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान एक–एक विकेट हात पारे ।

१८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन जोड्यो । अन्तिम ओभरसम्म जितको सम्भावना जीवित रहे पनि आवश्यक रन पूरा गर्न नसक्दा नेपाल हार्न बाध्य भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४ रनको महत्वपूर्ण योगदान दिए । कप्तान रोहित पौडेलले ३९ रन बनाए भने कुशल भुर्तेलले २९ रन जोडे ।

लोकेश बम ३९ रनमा अविजित रहँदै अन्तिमसम्म संघर्ष गरे ।बलिङतर्फ इङ्ल्यान्डका लियाम डासनले दुई विकेट लिए । विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले समान एक–एक विकेट हात पारे ।

समूह ‘सी’ मा रहेको नेपालले वेस्ट इन्डिज, इटाली र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

पहिलो खेलमा हार बेहोरे पनि नेपालले देखाएको उत्साहजनक प्रदर्शनले समर्थकहरूलाई आगामी खेलप्रति आशावादी बनाएको छ ।

सम्बन्धित खबर