LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम, राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार मनिष झाले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी पोस्टर नटास्ने घोषणा गरेका छन् ।

जनकपुरधामलाई सफा र सुन्दर राख्ने उद्देश्यले यस्तो निर्णय लिएको उनले बताएका छन् । रास्वपाका कार्यकर्ताहरूलाई धनुषा क्षेत्र नं.३ भित्र कुनै पनि स्थानमा प्रचार सामग्रीका रूपमा पोस्टर नटास्न स्पष्ट निर्देशन दिएका छन् । साथै, निर्वाचन प्रचारका नाममा शहरलाई फोहोर र अव्यवस्थित नबनाउन अन्य राजनीतिक दल तथा उम्मेदवारहरूलाई पनि आग्रह गरेका छन् ।

‘म जुन देश र नगरलाई सुन्दर बनाउन राजनीतिक अभ्यासमा छु, त्यही नगरलाई कुरूप बनाएर चुनावी प्रचार–प्रसार गर्न चाहन्न,’ झाले भने । झाका अनुसार स्वच्छ, सभ्य र जिम्मेवार राजनीतिक संस्कारको विकास आजको आवश्यकता हो, र यसको सुरुवात आफ्नै व्यवहारबाट गर्नुपर्छ । उनको यस पहलप्रति स्थानीयवासी, नागरिक समाज तथा विभिन्न संघ–संस्थाबाट सकारात्मक प्रतिक्रिया आएको छ ।

सम्बन्धित खबर