LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । सिरहाकाे लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीमाथि सरकारी–ऐलानी जग्गा कब्जा गरेको आरोप लागेको छ । गत १६ वैशाखमा राष्ट्रिय सतर्कका केन्द्रले नगरप्रमुख चाैधरीमाथि आएका उजुरी छानबिन गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई निर्देशन दिइएको हो ।

केन्द्रका अनुसार चौधरीले सार्वजनिक–ऐलानी जग्गा कब्जा गरेको उजुरी परेको छ । केन्द्रमा पटकपटक उजुरी परेपछि गत बुधबार जिल्ला प्रशासन कार्यालय सिराहामा पत्राचार गरिएको थियाे । प्रमुख जिल्ला अधिकारी पौडेललाई समेत केन्द्रले मौखिक जानकारी गराइएको उल्लेख छ ।

पौडेललाई केन्द्रले गरेको निर्देशनमा भनिएको छ, ‘के कसो भएको हो आवश्यक छानबिन तथा कारबाही गरी केन्द्रलाई जानकारी गराउनू ।’

प्रमुख जिल्ला अधिकारी पौडेलले आफू बाहिर रहेको हुँदा लहान नगरपालिकाका प्रमुखले सरकारी जग्गा कब्जा गरेको बारे बुझ्न बाँकी रहेको प्रतिक्रिया दिए ।

उता जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी चेतराज बरालले भने राष्ट्रिय सतर्कका केन्द्रबाट बुधबार नै पत्राचार भएको हुँदा तत्काल प्रक्रिया अघि बढेको शिलापत्रलाई जानकारी दिएका छन् ।

बरालका अनुसार चौधरीले सरकारी–ऐलानी जग्गा कब्जा गरेको बारे छानबिन गर्न केन्द्रले पत्र पठाउने बित्तिकै उनलाई जानकारी गराइएको छ । यसबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढेको भन्दै चौधरीलाई समेत केन्द्रको चासो बारे पत्राचार गरी अनुसन्धानमा सहयोग गर्न भनिएको उनले जानकारी दिए ।

सम्बन्धित खबर