LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा करिब दुई अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल निर्माण हुने भएको छ ।

चितवनमा रोयल टुलिप रिर्सोट सञ्चालन गरेका गैरआवासीय नेपाली संघका पुर्वउपाध्यक्ष रामेश्वर शाहको अव जनकपुरधाममा मिथिला हस्पिटालिटीको नाममा सेवा विस्तार गर्न लागेका हुन् । मिथिला होस्पिटालिटी प्रालि.को पहलमा निर्माण हुन लागेको उक्त होटलको शिलान्यास सोमबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, प्रतिनिधि सभा सदस्य मनिष झा, उद्योगपति उपेन्द्र महतोले संयुक्त रूपमा गरेका छन् ।

लक्ष्मीनियाँ गाउँपालिका–१ मा, सिक्स लेन सडकछेउ र भाटभटेनी सुपरमार्केट नजिक करिब सवा दुई बिघा क्षेत्रफलमा होटल निर्माण गरिनेछ । प्रालिका अध्यक्ष रामेश्वर शाहले का अनुसार होटलमा १२४ वटा आधुनिक कोठा रहनेछन्, जसमा ८ वटा विलासी सुइटसमेत समावेश हुनेछन् । करिब १ लाख २० हजार वर्गफिट निर्मित क्षेत्रफल रहने यस परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

होटलमा क्यासिनो, सभा तथा बैंक्वेट हल, व्यापार केन्द्र, बहुउद्देश्यीय स्विमिङ पूल, स्पा, हेल्थ क्लब, टेनिस कोर्ट, एम्फीथिएटर, ईभी चार्जिङ स्टेशन र बालबालिकाका लागि खेल क्षेत्रजस्ता आधुनिक सुविधा रहनेछन् । परियोजना सम्पन्न भएपछि प्रत्यक्ष रूपमा करिब १५० जनाले रोजगारी पाउने र स्थानीय स्तरमा अप्रत्यक्ष रोजगारी तथा आर्थिक गतिविधि समेत बढ्ने सञ्चालक शाहको दावि छ ।

लगानीकर्ताहरूका अनुसार यो परियोजनाले जनकपुरधामलाई पर्यटन तथा वैवाहिक गन्तव्यका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पु¥याउनेछ । यसअघि प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पनि जनकपुरलाई पर्यटन हबको रूपमा विकास गर्ने अवधारणा अघि सारेका थिए, जसलाई यो लगानीले थप टेवा दिने विश्वास लिइएको छ ।

कार्यक्रममा मुख्यमन्त्री यादवले यस्ता होटलहरुको विकासले प्रदेशमा पर्यटकीय उद्योगमा टेवा पुग्ने बताए । मधेशमा पर्यटन व्यवसायको सम्भावना धेरै रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले पर्यटन प्रवर्धनमा लागानी गरिरहेको बताए ।

कार्यक्रममा सांसद मनिष झाले लगानीकर्ताको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने धारणा राख्दै अब मधेशमा लगानी वातावरण सुरक्षित हुने विश्वास व्यक्त गरे। उनले विगतमा लगानीकर्ताले भोगेका अनावश्यक अवरोधहरू दोहोरिन नदिने प्रतिबद्धता जनाए ।

त्यसैगरि, उद्योगपति महताले नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदालाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए । उनले नेपालका मौलिक विशेषताहरू अन्य देशहरूले ठूलो लगानी गरेर पनि सजिलै सिर्जना गर्न नसक्ने उल्लेख गरे ।

सम्बन्धित खबर