LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नेपाली काङ्ग्रेस धनुषा क्षेत्र नम्बर ३ क्क क्षेत्रीय सभापति धीरेन्द्र कुमार निधि (श्याम निधि) को निधन भएको छ । ६५ वर्षीय निधिको आइतबार दिउँसो करिब ३ः३० बजे प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
विगत एक वर्षदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित निधिले नियमित उपचार गराइरहेका थिए ।
पछिल्लो समय स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

नेपाली कांग्रेसभित्र सक्रिय तथा मिलनसार नेताका रूपमा परिचित श्याम निधि धनुषा जिल्लाको राजनीतिमा प्रभावशाली व्यक्तित्व मानिन्थे । पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा स्थानीय राजनीतिक गतिविधिमा उनको सक्रिय भूमिका रहेको नेताहरूले बताएका छन् ।
उनको निधनको खबर सार्वजनिक भएपछि कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूमा शोक छाएको छ ।

सम्बन्धित खबर