LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज दोस्रो पटक विश्वासको मत प्राप्त लिएका छन् । तत्कालिन सत्ता गठबन्धनको दल जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उनले पुनः विश्वासको मत लिएका हुन् । उनी संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्री यादवलाई नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र नेपाल संघीय समाजवादी पार्टीले समर्थन दिएका छन् । प्रदेश सभामा उपस्थित १ सय सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो विपक्षमा ३६ मत परेको सभामुख रामअशिष यादवले जानकारी दिए ।

गत मंसिरमा सात दलको समर्थनमा नेकपा एमाले नेतृत्वको सरकार ढालेर नेपाली काँग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री बनेका थिए । तर, छ महिनामै एमालेकै समर्थनमा उनले आफ्नो नेतृत्वको सरकार जोगाउन सफल भएका हुन् ।

तत्कालीन सत्ता गठबन्धनका मुख्य सहयोगी दल जसपाले सरकारमै रहँदा काँग्रेस नेतृत्वको सरकार ढाल्ने प्रयास गरेपछि मुख्यमन्त्री यादवले १ जेठमा तय गरिएको विश्वासको मत अन्तिम समयमा स्थगित गरेको थियो । त्यसपछि केन्द्रमा काँग्रेस, एमाले र नेकपाबीच बनेको नयाँ गठबन्धनअनुसार मधेश प्रदेशको सत्ता समीकरण फेरिएको हो ।

विहीबार राति मात्रै मुख्यमन्त्री यादवले जसपाका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेका मोहम्मद समिरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । प्रदेश सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री यादवले जनमत पार्टीप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘जनमत पार्टीको प्रवृत्तिका कारण प्रदेश अस्थिर भएको छ। सरकार बनाउने र ढाल्ने खेलमा जनमतको भूमिका गलत देखिएको छ ।

आफ्नै पार्टीका मुख्यमन्त्री हटाउने र आफ्नै मन्त्री हटाउन समर्थन फिर्ता लिने काम भयो।’

जसपातर्फ संकेत गर्दै उनले थपे, “सत्ता गठबन्धनमा बसेर भित्रभित्रै सरकार ढाल्ने प्रयास भइरहेको थियो। १ जेठमा विश्वासको मतका लागि सहयोगी दललाई ह्वीप जारी गर्न आग्रह गरेको थिएँ, तर त्यो हुन सकेन। माननियहरु फलोस् क्रस गर्छन् भने अवस्था देखेर विश्वासको मत लिने प्रक्रिया स्थगित गरिएको थिए ।’

सम्बन्धित खबर