जनकपुरधाम । मधेश प्रदेश सभामा योजनासम्बन्धी अनियमितताको विषय उठाएकी जनमत पार्टीकी प्रदेशसभा सदस्य हसिना खातूनमाथि आक्रमण प्रयास भएको छ ।
सांसद खातूनले प्रदेश सभाको बैठकमा योजना कार्यान्वयन नगरी भुक्तानी गरिएको विषय सार्वजनिक रूपमा उठाएकी थिइन् । त्यसपछि सर्लाहीस्थित उनको निवास घेराउ गरी केही व्यक्तिले बुधवार आक्रमणको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

घटनापछि राजनीतिक तथा नागरिक तहबाट सांसदमाथि भएको भनिएको आक्रमण प्रयासको निन्दा गरिएको छ । जनमत पार्टीका संस्थापक अध्यक्ष डा. सिके राउतले समाजिक सञ्जाल मार्फत घटनाको घोर भत्सर्ना गर्दै दोषिलाई कारर्वाहीको माग गरेका छन् ।
लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिले उठाएको विषयलाई लिएर धम्की र दबाब दिन खोज्नु गम्भीर विषय भएको भन्दै दोषीमाथि तत्काल कारबाही गनुर््पर्ने राउतले माग गरेका छन् । उक्त सर्लाहीको कविलसमा एक योजनाको काम नगरि भुक्तानि भएको विषयमा साँसद खातुनले प्रदेश सभामा गत शुक्रवार साँसद खातुनले अवाज उठाएकी थिईन ।
राउतले सो योजनाको छानबिन गर्न अख्तियारसँग समेत आग्रहा गरेका छन् । घटनाको विषयमा अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जनाएको छ ।







