LIVE
होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड | मधेश प्रदेशको नीति तथा कार्यक्रम १५ जेठमा सार्वजनिक हुने | योजनामा अनियमितता वारे अवाज उठाउदा जनमतकी साँसद खातुनमाथि आक्रमणको प्रयास | १५ बुँदे सहमति पश्चात मधेश प्रदेश सरकार विस्तार | मधेश कांग्रेसका प्रमुख सचेतक झाले दिए राजीनामा | उखु किसानको रकम अझै रोकियो सरकारसंग सांसद अमरेशकुमार सिंहको माग | मधेश प्रदेश सरकारको भविष्य अव प्रचण्डको हातमा |

जनकपुरधाम । नेपाली आतिथ्य सेवा क्षेत्रमा स्थापित राष्ट्रिय ब्राण्ड होटल पौवाले आफ्नो १९औँ शाखा जनकपुरधाममा सञ्चालनमा ल्याएको छ।

“जहाँबाट आतिथ्यको सुरुवात हुन्छ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै होटलले मिथिला सभ्यता, संस्कृति तथा धार्मिक आस्थाको केन्द्र जनकपुरधाममा सेवा विस्तार गरेको हो।

होटलको औपचारिक उद्घाटन आगामी जेठ २२ गते हुने तय भएको छ। उद्घाटनको अवसरमा तीन दिने ‘वृहत् खाना प्रवर्द्धन कार्यक्रम’ आयोजना गरिनेछ। कार्यक्रममा होटल पौवाका विभिन्न शाखामा कार्यरत अनुभवी सेफहरूले तयार गरेका नेपाली तथा अन्तर्राष्ट्रिय परिकारहरूको विशेष प्रदर्शनी रहनेछ।

होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारी ले जनकपुरधाममा चारतारेस्तरको होटल सञ्चालनमा आउनु कम्पनीको विस्तार यात्राको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले होटलको उपस्थितिले धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आतिथ्य उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

होटलमा ६२ वटा सुविधासम्पन्न अतिथि कक्ष रहेका छन्। साथै स्विमिङ पुल, सेमिनार हल, रेष्टुरेन्ट, जिम, साउना, स्टिम र स्पालगायत चारतारेस्तरका सेवा–सुविधा सञ्चालनमा आइसकेका छन्। होटलले नेपाली स्वाद, संस्कार र अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा २४सै घण्टा उपलब्ध गराउने जनाएको छ।

उद्घाटन समारोह तथा खाना प्रवर्द्धन कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

रुपन्देहीबाट सुरु भएको होटल पौवाको यात्रा अहिले जनकपुरधामसम्म विस्तार भएको छ। हाल यसको शाखा भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, धनगढी, पोखरा, काठमाडौं, भरतपुर, मुग्लिन र कालिञ्चोकलगायत स्थानमा सञ्चालनमा छन्। साथै नेपालगञ्जमा पाँचतारे होटल तथा पाल्पाको चौकीडाँडामा ‘पौवा वनवास’ नामक लक्जरी रिसोर्ट निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ।

सामूहिक लगानीको अवधारणामा सञ्चालन भइरहेको होटल पौवाले देशभर प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्दै आएको छ। कर्मचारीलाई समेत लगानीकर्ता बन्ने अवसर प्रदान गर्दै कम्पनीले “साझा स्वामित्व, साझा सफलता” को अवधारणालाई अघि बढाएको जनाएको छ।

कम्पनीका अनुसार जनकपुरधाम, लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथलगायत धार्मिक तथा सांस्कृतिक गन्तव्यलाई जोड्ने यात्रामा होटल पौवा नेपाली र भारतीय पर्यटकका लागि विश्वसनीय आतिथ्य साझेदारका रूपमा स्थापित हुँदै गएको छ। आगामी दशकमा ‘मिसन १००’ अन्तर्गत देश तथा विदेशमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको छ।

सम्बन्धित खबर