LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापा चोकमा रहेको एक होटलबाट प्रहरीले बिना लाइसेन्सका पेस्तोल, म्यागजिन र गोलीसहित दुई युवकलाई पक्राउ गरेको छ ।

जनकपुरधामका वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको विशेष प्रहरी टोलीले शनिबार थापा होटलमा खानतलासी गर्दा हतियार तथा गोली बरामद गरेको हो ।

प्रहरीले होटलबाट ‘ईगल –याप्टर’ लेखिएको काठको बिँड जडान भएको एक थान पेस्तोल, त्यसको एक थान म्यागजिन, ९ एमएमको एक थान गोली तथा ७.६५ एमएमका तीन थान गोली बरामद गरेको जनाएको छ ।

घटनामा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधिर मुखिया पक्राउ परेका छन् ।

प्रहरीले बरामद गरिएको हतियार र गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

म्धेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेका दुवै जनामाथि हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा समेत अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर