LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनकपुरधाममा सुत्केरी गराउने क्रममा फेरि एक महिलाको मृत्यु भएको छ । घटनापछि चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले धनुषा अस्पताल घेराउ गरेका छन् । अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सिरहा नगरपालिका–२३ की स्थायी बासिन्दा तथा हाल जनकपुरधाम–१६, कपिलेश्वरमा बसोबास गर्दै आएकी २३ वर्षीया कल्याणी पासवान हुन् । उनी आठ महिनाको गर्भवती थिइन्। पेट दुख्ने समस्या भएपछि उनलाई सोमबार जनकपुरधाम–२ स्थित धनुषा अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालकी चिकित्सक डा. स्वाती जयसवालका अनुसार अस्पतालमा भर्ना हुँदा नै गर्भमा रहेको शिशुको मृत्यु भइसकेको थियो । शल्यक्रिया नगरी सामान्य (नर्मल) प्रसूति प्रक्रियामार्फत मृत शिशुलाई बाहिर निकाल्ने निर्णय गरिएको र त्यसअनुसार उपचार अघि बढाइएको उनले बताएकी थिइन् ।

मृतका श्रीमान सतेन्द्र पासवानका अनुसार दुई दिनको प्रतीक्षापछि बुधबार विहान १० बजे मृत शिशुको सामान्य प्रसूति गराइएको थियो । तर, त्यसको केहीबेरमै कल्याणीको यौनाङबाट अत्यधिक रक्तस्राव सुरु भएको थियो । उनका अनुसार अस्पतालले तत्काल तीन पोका रगत चढाएको थियो। तर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अस्पतालले आजै दिउँसो २ बजे आफ्नै व्यवस्थामा एम्बुलेन्समार्फत थप उपचारका लागि विराटनगरस्थित एक अस्पतालमा रिफर गरेको थियो ।

विराटनगर पुगेलगत्तै चिकित्सकहरूले कल्याणीलाई मृत घोषणा गरेका थिए। मृतक कल्यणीले यस एक छोरीलाई नर्मल रुपमै जन्म दिईथिईन ।

कल्याण्ीको मृत्यु चिकित्सकको लापरवाहीका कारण भएको आरोप लगाउँदै आक्रोशित परिवारजनले धनुषा अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले अस्पतालमा तोडफोडको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गर्दै अवस्था नियन्त्रणमा लिएको थियो । हाल अस्पताल परिसर तथा आसपासको क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।
अस्पताल अगाडि मृतकका आफन्त तथा स्थानीयले घेराउ जारी राखेका छन्। घटनापछि त्यस क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ । यस विषयमा उपचारमा संलग्न डा. स्वाती जयसवालसँग प्रतिक्रिया लिन मोबाइल फोनमार्फत सम्पर्क गर्ने प्रयास गरिएको भए पनि उनको फोन सम्पर्कमा आउन सकेन ।

सम्बन्धित खबर