LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । २९ चैत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने जडिबुटी वनस्पतिलाई संरक्षण र प्रवद्धन गर्न सकेको खण्डमा मुलुकको समृद्धिको आधार बन्न सक्ने बताएका छन् ।
२३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताए ।
नेपालमा पाइने जडिबुटीहरुको मांग विदेशमा समेत पर्याप्त मात्रामा रहेपनि संरक्षण हुन सक्दा त्यतिकै खेर गइ रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने,‘ मधेश प्रदेशमा एकमात्र वनस्पति उद्यान छ । जुन संघिय सरकारको मातहतमा छ । तर त्यसलाई आवश्यकता अनुसारको वजेटको अभावमा ति उद्यानको प्रवद्धन र विकास हुन सकिरहेको छैन ।’


धनुषाधाम संरक्षित वनक्षेत्र संग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याउने बताउदै मुख्यमन्त्री राउतले वनस्पतिको संरक्षण र प्रवद्धनमा प्रदेश सरकारले समेत सहयोग गर्न सक्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रदेश सासद तथा स्वच्छता अभियानी राम अशिष यादवले धनुषाधामलाई वनस्पति उद्यान र वनजंगललाई मध्यनजर गर्दै धनुषाधामलाई चियाखाना बनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । मधेश प्रदेशका एउटा मात्र धनुषाधाम जंगलमा अहिले पनि विभिन्न जंगली जानवरहरु रहेको बताउदै सासद यादवले भने,‘ धनुषाधाम मधेश प्रदेशको बीच भागमा पर्छ । यहाँ विकास भएको खण्डमा जनकपुरधाम आउने पर्यटकको संख्यामा पनि वृद्धि हुन्छ । र यसले देशको आर्थिक विकासमा टेवा पुग्छ ।’
कार्यक्रमको अध्यक्षता गरेका वनस्पति अनुसन्धान केन्द्र धनुषका प्रमुख ताहिर हुसेनले को धनुषाधाम वनस्पति उद्यानमा हाल २७६ प्रजातिका वनस्पतिहरु रहे्को बताए । वजेटको अभावमा आफुले चाहे जस्तो वनस्पतिको विकास गर्न नसकेको उनले बताए ।
वस्तपति दिवसको अवसरमा मुख्यमन्त्री राउतले पिपलको विरुवा रोपन गरेका थिए । कार्यक्रमको उद्घोषण वृक्ष म्यानको रुपमा चिनिएका वन अधिकृत सुरेश शर्माले गरेका थिए ।

सम्बन्धित खबर