LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । बैशाख १० गते
स्थानीय तहको निर्वाचनको समय नजिदै गर्दा नेतादेखि कार्यकर्ता सम्म तानातान भईरहेको अवस्थामा जनकपुरधामका चर्चित युवा नेता ईद महोम्मद साफी(जानी खान मधेशी) आफ्ना पुरानै मधेशवादी पार्टीमा फर्किने सम्भवना बढेको छ ।
सयौ युवाहरुसहित करिव १ वर्ष अघि नेकपा एमालेमा प्रवेश गरेका नेता खानलाई पार्टीले अहिले सम्म जनकपुरधाम वडा नम्बर ५ को वडाध्यक्षको टिकट सुनिश्चत नगरेकोले उनी पुरानै पार्टी जसपा वा लोसपामा फर्किने सम्भावना रहेको उनका निकटहरुको भनाई छ । एकलौटी रुपमा प्रतिनिधी सभा विघटन गरेपछि मधेशमा एमाले विरुद्ध लहर नै चलेको वेला खान सयौ युवासहित एमालेमा प्रवेश गरेका थिए । तर पार्टीले टिकट वित्तरणमा जात धर्म, पुजिपति र नव प्रवेशीहरुलाई प्राथमिता दिएपछि पछिल्लो समय खान पार्टीसँग असंतुष्ट देखिएको उनका एक सहयोगिले बताए ।

वडा भित्र भताभुङग रहेको पार्टी संगठनलाई बलियो बनाउन दिनरात खटेका तथा जनकपुरधाममा पार्टीको हरेक गतिविधिमा अग्र स्थानमा देखिने युवा नेता खानलाई पार्टीका केहि स्थानयि नेताहरु टिकटबाट वञ्चित गर्न षडयन्त्र गरिरहेका छन् । आफ्नै पार्टीका नेताहरु जात धर्म, पुजिपतिको अधारमा टिकट वित्तरण गर्न देखेपछि उनी मधेशवादी दलहरुसँग पछिल्लो समय नजिकिएका हुन् ।
मधेश आन्दोलन क्रममा अग्र मोर्चामा रहेर लोकप्रियता कमाएका खान गत स्थानीय तहको निर्वाचनमा जनकपुर वडा नम्बर ५ बाट केवल १२ मतले मात्रै पराजित भएका थिए । यस पटक वडामा चुनाव जित्ने सम्भावना देखेपछि पार्टी भित्रैका केहि स्थानीय नेताहरु धर्म र जातको अधारमा खानलाई टिकट नदिने षडयन्त्र गरिरहेको एमालेका एक नेताले बताए । एमालेका भातृ संगठन युवा संघका मधेश प्रदेश अध्यक्ष समेत रहेका खानलाई टिकट नदिए वडादेखि मेयर सम्ममा जनकपुरमा पार्टी हास्यास्पद हार हुने निश्चित रहेको ति नेताले दावि गरे ।

सम्बन्धित खबर