LIVE
सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प |

जनकपुरधाम । झण्डै दुई सप्ताहलेखि स्थानीय जनक चोकमा रिले अनशन गर्दै आएको चुरे तथा वनजंगल संरक्षण अभियानले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
अभियानले बुधवार जनकपुरमा पत्रकार सम्मेलन गरि दोस्रो चरणको कार्यक्रम घोषणा गरेको हो । अभियानमा संयोजक सुनिल यादवले लामो समयदेखि आन्दोलन गर्दै आएपनि सरकारले कुनै सुनवाई नगरेपछि वाध्य भएर दोस्रो चरणको दवाव मुलक कार्यक्रम गर्न लागेको बताए ।
संयोजक यादवले दोस्रो चरणको कार्यक्रम अन्तर्गत श्रावण २० गते शुक्रवार चुडी आन्दोलन गरिने बताए । लामो समयदेखि आन्दोलन गरेपनि मन्त्रीहरु मन्त्रालयबाट वाहिर आउन नसकेकोले मन्त्रीहरुलाई चुडी,साडी,व्लाउज र पेटिकोेट प्रदान गर्ने कार्यक्रम रहेको बताए ।
त्यसैगरि श्रावण २२ गते बच्चाहरुलाई राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडी प्रदर्शन गरिने कार्यक्रम रहेको उनले बताए ।
भुमिहिन, सुकुम्वासीहरुका बच्चाहरुको भविष्य अन्धकारमा रहेकोले पनि सरकारले उनीहरुको समस्या सम्बोधन गर्न नसकेकोले बच्चालाई राखेर आन्दोलन गरिने उनको भनाई थियो । विगतमा मधेश प्रदेश सरकारले गरेको सम्झौता कार्यन्वय नगरेको भन्दै अभियानिहरुले चरणवद्ध कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खबर