LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । जग्गा व्यवस्थापनको माग गर्दै भुमिहिन तथा सुकुम्वासीहरुका बालबालिकाहरुले आईतवार सडकमा विरोध प्रदर्शन गरेका छन् ।
हाम्रो भविष्य के ? हाम्रो घर कता ? सहितका प्लेय कार्ड सहित दर्जनौ बालबालिका आफ्ना आमाबुवासँगै मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रि परिषद कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् । चुरे तथा वन जंगल अभियानको आन्दोलनमा समर्थन जनाएका उनीहरुले पछिल्लो १९ दिनदेखि जनकपुरधाममा चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
सुकुम्बासी आन्दोलनकारी पुनम साहले बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेश प्रदेश सरकार गम्भीर नभएको बताइन् ।
उनीहरु सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै जनकपुरधाममा रिले अनसन गर्दै आएका छन् । विगतमा प्रदेश सरकारले गरेको ७ बुदे सम्झौता समेत कार्यान्वयन हुनुपर्ने आन्दोलनकारीहरुको माग छ ।

सम्बन्धित खबर