LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनेबारे सम्झौता भएको छ ।
सोमवार काठमाण्डौस्थित भुमि आयोगमा कार्यालयमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमति पश्चात मेयर साहले सम्झौता कार्यान्वयन छिटै नै अगाडी बढाउने बताए ।
जनकपुरधाम उपमहानगरपालिकामा करिब पाँच सय भूमिहीन सुकुम्बासी रहेको महानगरपालिकाको अनुमान छ । जग्गा पाउन योग्य वास्तविक सुकुम्बासीको आवेदन वडास्तरबाटै आह्वान गरेर जग्गा उपलब्ध गराउने प्रकृया सुरुवात गर्ने उपमहानगरपालिकाले तयारी गरेको उनले बताए ।
मेयर साहले भने,‘ सुकुम्वासीहरुको आवेदन गरेको छ । आवेदन उपर छानबिन गरि वास्तविक सुकुम्बासी पहिचान गरी जग्गा प्रदान गर्छौ ।’
वडामा आवेदन परेपछि सम्बन्धित व्यक्तिको नाममा कुनै अचल सम्पत्ती रहे÷नरहेको छानबीन गर्न मालपोत र नापी कार्यालयमा मोठ भिडाइनेछ । छानबीन टुंगिएपछि आयोगको सहयोगमा नेपाल सरकारको नाममा रहेको परती, ऐलानी जग्गा सुकुम्वासीहरुलाई उपलब्ध गराईने छ ।

सम्बन्धित खबर