LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

जनकपुरधाम । जनकपुरधाम बजार भित्र रहेका चौपया गाईसहितका जानवरलाई नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरपालिकाले गौशाला निर्माण गर्ने भएको छ ।
जनकपुरधाम बजारको विभिन्न चोक तथा सडकहरुमा पाईने चौपया गाईवस्तुले ट्राफिक व्यवस्थापनदेखि सरसफाईमा समेत प्रभावित हुने गरेकोले उपमहानगरपालिले त्यसलाई नियन्त्रण गर्न गौशलान निर्माण गर्न लागेको छ । जनकपुरधाम उपमहनगरपालिका मेयर मनोज कुमार साहले विहिवार विहान एक कार्यक्रम बीच जनकपुरधाम–१२ कुवामा गौशालाको शिलान्यास गरेका छन् । उपमहानगरपालिकाले स्थानीय राजदेवि मन्दिर अधिनस्त गुठी संस्थानको करिव एक विद्या जग्गामा करिव १ करोडको लागतमा सुविधा सम्पन्न गौशालाको निर्माण पक्रिया अगाडी बढाएको छ ।
शिलान्यास कार्याक्रममा मेयर साहले चौपया गाईवस्तुलाई नियन्त्रण गर्न आवश्यक देखिएकोले गौशला निर्माण कार्य अगाडी बढाएको बताए । चौपया गाईवस्तुले ट्राफिक व्यवस्थापनदेखि नगरको सरसफाईमा समस्या हुदै आएको उल्लेख गर्दै मेयर साहले भने,‘ गौशला निर्माण भएपछि बजार भित्रका सडक तथा चोकहरुमा अव एउटापनि चौपया गाईवस्तु देखिदैनन्, यसले शहरको सुन्दरता समेत वृद्धि हुन्छ ।’ ७० भन्दा बढी गाईवस्तुको लागि अहार, पानिको व्यवस्था गरिने छ भने त्यसको रेखदेखको लागि उपमहनगरपालिकाले २४ घण्टा कर्मचारी खटाईने छ ।’
त्यसैगरि, बजार पाईने चौपया गाईवस्तुलाई गौशलामा लगिने र पहिलो चोटीको लागि जरिवना लिएर मात्रै छोडिने छ । उनले नगरभित्र कुकुर व्यवस्थापनको कार्यलाई पनि चाडै अगाडी बढाउने बताए ।


त्यसैगरि, मेयर साहले जनकपुरधाम वडा नम्बर ८मा पार्किङ्ग स्थल समेत निर्माणको पक्रिया चाडै अगाडी बढाउने बताए । दशरत मन्दिरको पछाडि रहेको रहेको गुठी जग्गामा पार्किङ्ग स्थल स्थापना गरेर बजारमा देखिएका ट्राफिक समस्यालाई समाधान गर्न सकिने मेयर साहले बताए ।

सम्बन्धित खबर