LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

मो.इन्तेखाब आलम
जनकपुरधाम । हाते ट्याक्टरका लागि आर्थिक वर्ष २०७९।८० मा जनकपुरधाम उपमहानगरपालिकाले २१लाख  रकम विनियोजन गरेको छ । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका १४ वटा ग्रामिण वडामा सो हाते ट्याक्टर ५० प्रतिशत अनुदान खरिद तथा वितरण गर्ने योजना रहेको जनकपुरधाम उपमहानगरपालिकाका कृषि शाखा प्रमुख गुरुदेव प्रसाद साहले बताए । कार्यक्रम नगर सभाले पारित भई हाल चुनाव भएकाले सो कार्यक्रम संचालन हुन नसकेको उनले बताए । चुनाव पछि कार्यक्रम गति लिने उनले भने ।

जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका ग्रामिण वडाका किसानहरुलाई कृषि कार्य गर्नमा सहज र कृषि उत्पादनमा बढोत्तरी गर्न उदेश्यले सो योजना संचालन गर्न लागेको साहले बताए । हाते मेशिन धान,गहु काटनका लागि आर्थिक वर्ष २०७९।८० का लागि जनकपुरधाम उपमहानगरपालिकाले २ लाख ५० हजार रकम विनियोजन गरेको छ । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका १४ वटा ग्रामिन वडाहरुमा सो कार्यक्रम ५० प्रतिशत अनुदानमा खरिद तथा वितरण गर्न लागेको साहले भने । किसानहरुलाई धानवाली गहुवाली कटान गर्नमा सहज र धान गहु काटनका लागि हुने गरेको बढी खर्चमा समेत कमी आउने उनले विश्वास व्यक्त गरे ।

जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका ग्रमिण वडाहरुमा धानवाली,गहुवाली किसानहरुले बढी उत्पादन गरदै आईरहेको हुनाले यस्ता योजनाहरुले किसानहरुलाई कृषि कार्य गर्नमा सहज हुने उनले बताए । उत्पादन भन्दा कृषि लागत बढी हुने गरेको कृषकहरुको गुनासोलाई मध्येनजर राख्दै जनकपुरधाम उपमहानगरपालिकाले यस्ता योजनालाई प्राथमिकता दिने गरेको साहले बताए । स्प्रेयर मशिनका लागि आर्थिक वर्ष २०७९।८० का लागि २ लाख ५० हजार रकम जनकपुरधाम उपमहानगरपालिकाले विनियोजन गरेको साहले बताए ।

कृषि खेतीमा जनकपुरधामका ग्रामिण क्षेत्रका किसानहरुको जिवन यापनका लागि मुख्य पेशा कृषि रहेकाले र यस्ता कार्यक्रमले जनकपुर उपमहानगरपालिका भित्रका ग्रामिण किसानहरुलाई बढी लाभ हुन सक्ने साहले बताए । खेतेपाती गर्दा विरुवाहरुमा लाग्ने रोगहरुलाई समाप्त पार्नका निमित स्प्रेयर मशिन किसानहरुलाई ५० प्रतिशत अनुदान खरिद तथा वितरण कार्यक्रम रहेको साहले भने । कार्यक्रमहरु नगर सभाले पारित भई हाल चुनावका कारण संचालन हुन नसकेको उनले बताए । कृषि उत्पादन बृद्धीका लागि जनकपुरधाम उपमहानगरपालिकाका ग्रामिण वडाहरुमा कृषि भावी योजनाहरु संचालन गरि जनकपुधाम उपमहानगरपालिकालाई नमुना कृषि ग्रामिण वडा बनाउन निमित कार्यक्रम संचालन गर्न लागेको साहले बताए ।

साना किसान सिचाँईका लागि जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९।८० का लागी २ लाख २५ हजार रकम विनियोजन गरेको उनले बताए । कम जग्गा जमीन रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा २ हर्ज पावरको पानी तान्ने मोटर जनकपुरधाम उपमहानगरपालिकाका ग्रमिण वडाका कृषकहरुलाई दिने योजना रहेको साहले बताए । कार्यक्रम संचालन पश्चात जनकपुरधाम उपमहानगरपालिकाका उप मेयर, प्रशाशकीय अधिकृत र इन्जिनयर लागायतले अनुगमन निरिक्षण गर्ने गरेको उनले जानकारी गराए ।

कार्यक्रमहरु प्रारर्दशित ढंग र गुण्स्तरिय रुपमा गर्नका लागि निर्माण व्यवसाय, कोटेशन, र उपभोक्ता समितीले समझौता पत्रमा उल्लेख कानुन वमोजिम कार्यक्रम गर्न भनिएको उनले बताए । कार्यक्रम संचालन गर्दा राजनितिक प्रभावमा नपरि जनहितका लागि कार्यक्रमहरु संचालन हुने गरेको उनले बताए । जनकपुरधाम उपमहानगरपालिका भित्रका २५ वटा वडाहरुले योजना छनौट गरेर बुझाए पछि योजनहरु वार्षिक कार्यक्रममा समावेश हुने गरेको उनले बताए ।

सम्बन्धित खबर