LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो ।बान्द्रा प्रहरीले बान्द्रा पश्चिमस्थित सलमानको घर बाहिर सुरक्षालाई कडा बनाएको छ । साथै, बिश्नोई र उनका सहयोगी गोल्डी ब्रारलाई पक्राउ गर्दै घटनाबारे अनुसन्धान थालेको छ । हिन्दी भाषामा पठाइएको उक्त इमेल रोहित गर्गबाट आएको थियो, जसले अभिनेतासँग कुरा गर्न चाहन्थे र ‘टिम सलमान’ को उजुरीपछि प्रहरीले उनलाई पनि मुद्दा दायर गरेको थियो ।

इमेलमा सलमानले बिश्नोईको अन्तर्वार्ता नदेखेको भए यो पत्र पढ्नुपर्ने र यदि उसले मामिला बन्द गर्न चाहेमा गर्ग र ब्रारसँग आमनेसामने कुरा गर्नुपर्छ उल्लेख छ । साथै, यसको व्यवस्था गर्ने सल्लाह पनि दिइएको छ ।  स्रोतका अनुसार सलमानका परिवारका सदस्यहरु यस विषयमा निकै चिन्तित छन् । सलमान र उनको टोलीलाई आगामी केही दिनका लागि मैदानमा हुने कार्यक्रमबाट बच्न भनिएको छ । सलमानको ज्यानमा रहेको खतरालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले उनको कार्यतालिका परिवर्तन गर्न सिफारिस गरेको हो ।सलमान अहिले मुम्बईबाट बाहिर रहेकाले उनी पुगेपछि समयतालिका परिवर्तन गर्ने विषयमा छलफल हुने प्रहरीसँग सम्बन्धित स्रोतले बताएको छ । सलमानको फिल्म ‘किसी का भाइ किसी की जान’ अप्रिलमा रिलिज हुँदैछ । यसको प्रवर्द्धनका लागि पनि नयाँ योजना बनाउनुपर्नेछ ।तीन दिनअघि एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा ग्याङ्स्टर लरेन्स बिश्नोईले सलमानलाई मार्ने धम्की दिएका थिए ।

सम्बन्धित खबर