LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

महोत्तरी । स्थानीय तहमको मतदानको समय नजिदै गर्दा औहरी नगरपालिका निवर्तमान मेयर सुनिल कुमार यादवले चुनावी अभियानलाई तिव्रता दिएका छन् ।
औहरी नपाको विभिन्न वडामा दैनिक रुपमा घरदैलो कार्यक्रम गर्दै आएका उम्मेदवार यादवले आफ्ना चुनावी ऐण्डा र चुनावी मुद्दा मतदातालाई बुझाउन घरदैलो कार्यक्रमलाई तिव्र बनाएका हुन् । मेयर हुदाँ पनि जनतासँग घुलमिल र प्रत्यक्ष सम्र्पक राख्ने यादवले घरदैलो कार्यक्रमको क्रममा जनताको सुझाव संकलन गर्नुको साथै विगतामा समय र वजेटको अभावमा गर्न नसकेका कामहरु पुरा गर्ने प्रतिवद्धता समेत गर्ने गरेका छन् ।


घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार यादवलाई मतादता तथा नगरवासीले भव्य स्वागत गर्ने गरेका छन् । उम्मेदवार यादवले विगतमा आफुले नगरपालिकाको गरेको कामलाई मुल्याङकन गरि जनताले आफ्नो पक्षमा खुलेर लागेको दावि गरे । घरदैलो कार्यक्रममा पनि उनले आफुले विगतका गरेको कामलाई मुल्याङकन गरि मतदान गर्न मतदातासँग अपिल गर्ने गरेका छन् ।
शुन्यबाट नगरपालिकाको विकास निर्माणको सुरु गरि अहिले सम्वद्ध नगरपालिका र खुसि नगरपालिकाको नारालाई आत्मसाथ गर्ने बलियो अधार बनाई दिएको उनले बताए । ग्रामिण क्षेत्रको भएरपनि नगरपालिकालाई सम्वृद्ध, विकसित र मधेशमै एक नमुना नगरपालिका बनाउने आफ्नो सपना रहेको बताउदै उम्मेदवार यादवले भने,‘ मैले आफ्नो पछिल्लो कार्यकालमा सबै वडामा बराबर वजेट विनियोजनदेखि लिएर चौतर्फि विकास निर्माणको क्षेत्रमा काम गरे ।


कृषि, शिक्षा, स्वास्थ्य तथा कोरोना कालमा नगरवासिहरुमा राहत वित्तरणदेखि स्वास्थ्य उपचारको समुचित व्यस्थापन गरेको कुरा कसैसँग लुकेको छैन ।’पछिल्लो कार्यकालमा अल्पमत भएरपनि सबै विपक्षी दललाई मिलाएर हरेक परिषद, निर्णय सर्वसहमत गरार औहरी नपालाई विवाद रहित बनाएर काम गरे, उनले भने,‘ त्यसकारण अव यो निर्वचनमा नगरवासीले मेरै नेतृत्वमा सक्षम, समावेशी र कुशल स्थानीय सरकार देख्न चाहन्छ ।’

 

सम्बन्धित खबर