
जनकपुरधाम । चुनावी अभियानलाई तिव्रता दिएका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का जनकपुरधाम उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार मनोज चौधरीले जनकपुरधामलाई सफासुग्घर र धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।
बुधवार घरदैलो कार्यक्रम अन्तर्गत स्थानीय संचारकर्मिसँग कुराकानी गर्दै उम्मेदवार चौधरीले फोरहै फोहर र लामखुट्टेको आतंकले बदनाम जनकपुरधामलाई धार्मिक पर्यटकीय शहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । कुशल नेतृत्वको अभावमा जनकपुरधाम समय सापेक्ष विकास गर्न नसकेको भन्दै उम्मेदवार चौधरीले भने,‘ पछिल्लो पाँच साल नेतृत्व गरेकासँग नगरवासीको ठुलो आशा र भरोसा थियो । जनताले उहाँलाई उल्लेखनिय मत पनि दियो तर उहाँले जनकपुरधामको विकासभन्दा व्यक्तिगत विकासमा लाग्नुभयो ।’
मधेश आन्दोलनदेखि हरेक परिवर्तनमा जनकपुरधामको महत्वपुर्ण योगदान रहेको भएपनि खस पहाडि शासकका नकारात्म सोच र केहि दलबलु नेतृत्वको कारण जनकपुरधामको विकास हुन नसकेको उनले बताए । जनकपुरवासीको जनभावनालाई अपमान गर्ने, पत्रकारहरुलाई अपमान गर्ने हिटल शासकलाई यस पटकको निर्वाचनमा जनताले पखा लगाउने निश्चत रहेको उनले दावि गर्दै उनले भने,‘ जनकपुरधामलाई हिटलर होईन जनसेवक चाहिन्छ, ठेक्केदार होईन विकास प्रेमि चाहिन्छ ।’
जनकपुरधाम धार्मिक तथा ऐतिहासिक शहर भएपनि कुशल नेतृत्वको अभावमा फोहल तथा ढलको व्यवस्थापन हुन नसकेको, लामखुट्टेको आतंकले वाहिरबाट आउने पर्यटकहरुमा नकरात्क धारणा बन्दै गएको तथा उपमहानगरपालिका जड गाडेको भष्टाचारले जनकुरपुरधाम बदनाम हुदै गएकोले त्यसलाई सुधार गर्न आफ्नो पहिलो प्राथमिकता रहेको उम्मेदवार चौधरीले बताए ।
मंगलवार जनकपुरधाम १४ मुजेलिया स्थित घरदैलो कार्यक्रमको क्रममा चौधरीले स्थानीय मतदातालाई जनकपुरधामको वर्तमान समस्या र त्यसको समाधानको उपायवारे आफ्ना चुनावी मुद्दा सुझाएका थिए । उनले मेयरमा निर्वाचित भएको एक वर्ष भित्रै हिलामय रहेको सडकहरुको सुधार, तथा ढल तथा नालाहरुको समुचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमममा लोसपा नेपाल धनुषाका अध्यक्ष तथा प्रदेशसभा सदस्य परमेश्वर साह,जनकपुरधाम उपमहानगरपालिकाबाट उपमेयरकि उम्मेदवार रिता कुमारी मिश्र,लोसपा युवा नेता संजय चौधरी लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।