LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

महोत्तरी ।
महोत्तरीको औरही नगरपालिका निवर्तमान मेयर सुनिल कुमार यादवले आफ्नो कोही प्रतिस्पधि नरहेको बताएका छन् ।
घरदैलो कार्यक्रमको क्रममा विहिवार संचारकर्मिसँग कुराकानी गर्दै निवर्तमान मेयर यादवले औहरी नगरपालिकामा नेपाली काँग्रेसको कुनैपनि पार्टीको प्रतिस्पर्धा नरहेको दावि गरे । नेपाली काँग्रेसको प्रतिस्पर्धि पार्टी भनेको नेकपा एमाले हो, उनले भने,‘ तर नगरमा एमालेको संगठन कस्तो छ ? त्यसको उम्मेदवारको अवस्था के त्यो हामी सबैको सामु छर्लङ्ग छ । त्यसकारण औहरी नपामा काँग्रेसले भारी मतान्तरले विजयी प्राप्त गर्छन ।’
संचारकर्मिको एक प्रश्नमा उनले भने,‘ जसपा होस वा लोसपा होस, मेरो प्रतिस्पर्धामा कहि छैन, लोसपासँग उम्मेदवार नभएर वाहिरबाट बोरो ल्याएर उम्मेदवार बनाएका छन् । तर त्यो उम्मेदवारलाई पनि थाहा छ, लोसपा भित्रैका कतिले उनलाई मत दिदैन । फेरि लोसपा नयाँ दल हो । त्यसको संगठन भताभुङ्ग छ । त्यसकारण वाहिर देखिएको चमकझक जस्तो लोसपाको अवस्था कहि छैन ।’
आफुले पछिल्लो साढे ४ सालको गरेको विकास निर्माणको देखेर औरही नगरपालिकामा काँग्रेसको लहर चलेको उनले दावि गरे ।

सम्बन्धित खबर