LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नेकपा एमालेका उम्मेदवार शिवशंकर साह(हिरा)ले विकास एमालेको दोस्रो नाम रहेको दावि गरेका छन् ।
शनिवार जनकपुरधाम–२१ कुर्थामा घरदैलो पश्चात आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार हिराले नेकपा एमालको नेतृत्वको नेपालको राष्ट्रिय गौरवका योजनाहरुको साथै विकास निर्माणको उल्लेखनिय काम भएको दावि गरे ।
कुशल नेतृत्वको अभावमा जनकपुरधाम उपमहानगरपालिकामा पछिल्लो पाँच सालमा कुनै विकास निर्माण नभएको दावि गर्दै उम्मेदवार साहले भने,‘ पछिल्लो ५ सालमा उपमहानगरपालिकाबाट विकास निर्माणका कुनै काम भएन, एडिवि तथा संघिय सरकारले संचालन गरेका योजनाहरुको काम भयो । पछिल्ला नेतृत्वले भष्टाचार,कमिशन र कार्यकर्तालाई पाल्ने काम मात्रै गरियो ।’ आफु कुनै पदमा नभएर पनि जनकपुरधाम र नगरवासीको हरेक समस्यामा साथमा रहेको दावि गर्दै उनले भने,‘ लोडसेडिङको विरुद्ध होस्, वा जनकपुर जलेश्वर सडक खण्डको समस्या होस्, त्यसका लागि मैलै आन्दोलन गरेको यहाँका जनता साक्षि छन् ।’

जनकपुरधाम धार्मिक नगर भएपनि फोहरको उचित व्यस्थापन नहुदाँ वाहिरबाट आउने पर्यटक निरास भएर फर्किने गरेको उनले बताए । आफुहरु निर्वाचित भएको खण्डमा जनकपुरधामको फोहर व्यवस्थापन देखि शिक्षा, स्वास्थ्यका साथै वेरोजगार युवाहरुको लागि स्वरोजगारका कार्यक्रम ल्याउने उनले बताए । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारले गरेको काम देखेर जनताको एमालेप्रति आकर्षण बढेको उनले बताए ।
चुनावी सभामा एमाले नेतृ जुली कुमारी महतो,उपमेयर पदका उम्मेदवार रुनाका झा सहितका सहभागिता रहेको थियो ।

सम्बन्धित खबर