LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका नेकपा एमालेका उम्मेदवार शिवशंकर साह(हिरा)ले विकास एमालेको दोस्रो नाम रहेको दावि गरेका छन् ।
शनिवार जनकपुरधाम–२१ कुर्थामा घरदैलो पश्चात आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार हिराले नेकपा एमालको नेतृत्वको नेपालको राष्ट्रिय गौरवका योजनाहरुको साथै विकास निर्माणको उल्लेखनिय काम भएको दावि गरे ।
कुशल नेतृत्वको अभावमा जनकपुरधाम उपमहानगरपालिकामा पछिल्लो पाँच सालमा कुनै विकास निर्माण नभएको दावि गर्दै उम्मेदवार साहले भने,‘ पछिल्लो ५ सालमा उपमहानगरपालिकाबाट विकास निर्माणका कुनै काम भएन, एडिवि तथा संघिय सरकारले संचालन गरेका योजनाहरुको काम भयो । पछिल्ला नेतृत्वले भष्टाचार,कमिशन र कार्यकर्तालाई पाल्ने काम मात्रै गरियो ।’ आफु कुनै पदमा नभएर पनि जनकपुरधाम र नगरवासीको हरेक समस्यामा साथमा रहेको दावि गर्दै उनले भने,‘ लोडसेडिङको विरुद्ध होस्, वा जनकपुर जलेश्वर सडक खण्डको समस्या होस्, त्यसका लागि मैलै आन्दोलन गरेको यहाँका जनता साक्षि छन् ।’

जनकपुरधाम धार्मिक नगर भएपनि फोहरको उचित व्यस्थापन नहुदाँ वाहिरबाट आउने पर्यटक निरास भएर फर्किने गरेको उनले बताए । आफुहरु निर्वाचित भएको खण्डमा जनकपुरधामको फोहर व्यवस्थापन देखि शिक्षा, स्वास्थ्यका साथै वेरोजगार युवाहरुको लागि स्वरोजगारका कार्यक्रम ल्याउने उनले बताए । एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओली नेतृत्वको सरकारले गरेको काम देखेर जनताको एमालेप्रति आकर्षण बढेको उनले बताए ।
चुनावी सभामा एमाले नेतृ जुली कुमारी महतो,उपमेयर पदका उम्मेदवार रुनाका झा सहितका सहभागिता रहेको थियो ।

सम्बन्धित खबर