LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

महोत्तरी । लोहारपट्टी नगरपालिकाका नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदका उम्मेदवार कलामुदिन राईन(कलाम)ले आफ्नो प्रतिस्पर्धा कुनै पार्टीको उम्मेदवारसँग नरहेको बताएका छन् ।
शनिवार लोहारपट्टी नगरपालिका–३ महदैया तपनपुरमा घरदैलो कार्यक्रम पश्चात चुनावी कोण सभालाई सम्बोधन गर्दै उम्मेदवार कलामले यस्तो दावि गरेका हुन् । लोहारपट्टी नगरवासीले काँग्रेस नेतृत्वको मेयरको काम गराईको शैलि व्यवहार तथा पछिल्लो ५ सालमा नगरमा नगरको विकासको कामहरु जनताले देखिसकेका छन्, उम्मेदवार कलामले भने,‘ पछिल्लो ५ वर्षमा नगरभित्र विकास निर्माण भन्दा कमिशनखोरी र भष्टाचारी मात्रै भयो । त्यसकारण यो निर्वाचनमा नगरवासिको रोजाईमा काँग्रेस छैन ।’

मधेशी केन्द्रित दलहरुको टुक्राटुक्रा हुदाँ संगठन नै भताभुङग छ, उम्मेदवार कलामले भने,‘ त्यसकारण अहिले लोहारपट्टी नगरपालिकामा माओवादी केन्द्रको प्रतिस्तद्र्धामा कुनै पार्टी छैन ।’ लोहारपट्टी नगरपालिकामा जनता परिवर्तनको पक्षमा रहेको नेता कलामले दावि गरे ।
नगरको स्वास्थ्य, शिक्षा, तथा सडक यातायात तथा दल व्यस्थापनको अवस्था दयनिय रहेको र समान्य वर्षामा पनि नगरको एक वडाबाट अर्को वडामा जान पनि समस्या हुने गरेको नेता कलामको भनाई छ । आफु निर्वाचित भएको खण्डमा शिक्षा, स्वास्थ्य, कृषिका साथ साथै नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उम्मेदवार कलामले बताए । आसन्न निर्माणको समय नजिकदै गर्दा कलामलाई सर्वसधारण जनता खुलेर समर्थन गर्ने गरेका छन् ।

सम्बन्धित खबर