LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम ।
धनुषाको धनौजि गाउँपालिकामा मतगणाना विषयमा विवाद हुदाँ प्रहरीले हवाई फायर गरेको छ ।
धनौजि गापा अन्र्तगत वडा १ को लखौरी गाउँको मतगणा क्रममा पोलिङ्गभन्दा बढी बढी मत पत्र देखिएपछि विवाद भएको हो । विवाद उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको छ ।
गाउँपालिका वडा नम्बर १ को मतगणा आईतवार राती देखि नै भईरहेको थियो । सोही क्रममा पोलिङ्गभन्दा १५ वटा मतपत्र बढी देखिएपछि विवाद भएको स्थानीय सहादत राईने जानकारी दिएको छ ।
सो गाउँपालिकामा वडा नम्बर ३,४ र ५ को मतगणा सम्पन्न भईसकेको छ । ति वडाहरुमा नेपाली काँग्रेसका वडाका उम्मेदवारहरु विजयी भएका हुन भने गाउँपालिका अध्यक्षमा काँग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिप वहादुर क्षेत्रीले मतगणाको विषयमा विवाद भएको र घटना वारे जानकारी लिईरहेको बताए ।

सम्बन्धित खबर