LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । मधेश प्रदेशका गृह तथा संचार मन्त्रालयले प्रदेशमा रहेका सम्पुर्ण कारागारहरुलाई पुस्तक, दराज, टेबल लगायतका समाग्रीहरु उपलब्ध गराएको छ ।
गणतन्त्र दिवसलाई मध्यनजर गर्दै गृह तथा संचार मन्त्री भरत प्रसाद साहले मधेश प्रदेशका ५ वटै कारागार कार्यालयहरुलाई २५२ प्रकारमा पुस्तक, २०÷२० थान प्लाष्टिकका कुर्सि, ५÷५ थान पुस्तक राख्ने दराज, ३÷३ थान रिमोलिङग कुर्सि र १ थान टेबल उपलब्ध गराएको छ । मधेश प्रदेशमा रहेका जलेश्वर, पर्सा, रौतहट, सिरहा, सप्तरीका कारागारहरुलाई शुक्रवार एक कार्यक्रम बीच उक्त समाग्रि वित्तरण गरिएको हो ।

विभिन्न अपराधको कसुरमा कारगार जीवन बिताईरहेका कैदि बन्दीहरुको विचार, व्यहवारमा परिवर्तन ल्याउने उदेश्यले पुस्तकहरु वित्तरण गरिएको प्रदेशका गृह मन्त्री साहले बताए ।
ज्ञान, विवेकको अभाव तथा आक्रोस र आवेगमा आएर मानवले विभिन्न अपराधमा संलग्न हुने गरेको बताउदै मन्त्री साहले भने,‘ कारागार भित्र उनीहरु पुस्तकहरु अध्ययन गरेको खण्डमा उनीहरुको विचार र व्यवहारमा निश्चत रुपमा परिवर्तन आउछ र त्यहाँबाट कैद सजाए काटेर वाहिर निक्सकेपछि त्यसको व्यवहारमा केहि सुधार अवश्य हुन्छ । त्यसकारण पुस्तकहरु वित्तरण गरेको छु ।’ जेल जीवन बताई सकेकाहरुलाई समाजमा पुनः स्थापित हुन वित्तरण गरिएका पुस्तकहरु सार्थक सावित हुने मन्त्री साहको भनाई थियो ।

त्यसैगरि, कार्यक्रममा गृह तथा संचार मन्त्रालयका सचिव रामकुमार महतोले वित्तरण गरिएका पुस्तक अध्ययन गर्ने कैदी बन्दीहरुले गहन रुपमा अध्ययन गरेको खण्डमा उनीहरु जीवनमा परिवर्तन आउने दावि गरे । राजनीतिक, आर्थिक, सास्कृतिक, इतिहास, साहित्य लगायतका २५२ प्रकारका पुस्तकहरु वित्तरण गरिएको उनले बताए ।

सम्बन्धित खबर