LIVE
ऐलानी जग्गा अतिक्रमणको आरोपमा झडप, १६ सेल अश्रुग्यास प्रहार | विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका जिल्ला सभापतिहरुको आग्रह | सरकारी मुल्यले किसान उत्साहित, तर कोटा सिमित हुदाँ सुविधानबाट वञ्चित अधिकांश किसान | आगो ताप्न पालिकाद्वारा चोक चोकमा दाउरा वितरण | मधेशबाट राष्ट्रिय सभा सदस्यमा ४ सिटका लागि ११ जनाको उम्मेदवारी | धनुषामा भाइचारा र शान्ति कायम गर्ने सर्वपक्षीय बैठकको निर्णय | मधेशमा भाईचारा र सामाजिक एकता कायम राख्न प्रदेश प्रमुख लाभको अपिल | मधेशमा भाईचारा र सामासजक एकता कायम राख्न प्रदेश प्रमुख लाभको अपिल | मधेश प्रदेशलाई हचुवाको भरमा साक्षर प्रदेश घोषणा गर्ने तयारी | मस्जिदमा तोडफोड तथा पवित्र कुरान जलाइएको घटनाको विरोधमा मुस्लिम समुदाय |

जनकपुरधाम । प्रहरी समायोजनामा संघि सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बुधवार विहान प्रदेशका गृह तथा सञ्चारकर्मि भरत प्रसाद साहले पत्रकार सम्मेलन गरि संघिय सरकारको विभेदपुर्ण रवैयाँ विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । दुई प्रहरी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाएपनि संघिय सरकारले लापवाही र उदासिनताको कारण कार्यान्वयमा आउन नसकेको मन्त्री साहले बताए । संघिय प्रदेश ऐन, प्रहरी समायोजन ऐन पास भएको लामो समय भईसकेको छ, मन्त्री साहले भने,‘ पनि संघिय सरकार संविधान विपरित सुरक्षाकर्मि आफ्नै मातहत राखिरहेका छन् ।’
संविधानमा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारको एकल सुचिमा रहेको छ, तर पनि संघियता विरोधी षडयन्त्रको कारण संघिय सरकार प्रहरी समायोजन गर्न चासो देखाई रहेका छैनन् ।’
अगामी श्रावण ११ गते प्रदेश सरकार र प्रदेशमा रहेका सम्पुर्ण दलहरुले संयुक्तमा संघिय सरकारका प्रतिनिधी प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ७ दिनको अल्टमेटम दिएर ज्ञापन पत्र बुझाउछौ । त्यसले पनि सुनवाई नभएर शान्तिपुर्ण आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेर आन्दोलनमा जान्छौ ।’
आफुहरुको आन्दोलनमा अन्य प्रदेशहरुका पनि सहयोग र समर्थन रहने मन्त्री साहले बताए । एक प्रश्नमा मन्त्रि साहले भने,‘ संघियताको जन्ननि मधेश प्रदेश हो । त्यसकारण पुर्ण संघियता कार्यान्वय गर्न प्रदेशका सबै राजनीतिक दल र जनता एक जुट रहेका छन्, अव हुने आन्दोलनमा जनताको पनि समर्थन रहन छ ।’

सम्बन्धित खबर