LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । प्रहरी समायोजनामा संघि सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बुधवार विहान प्रदेशका गृह तथा सञ्चारकर्मि भरत प्रसाद साहले पत्रकार सम्मेलन गरि संघिय सरकारको विभेदपुर्ण रवैयाँ विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् । दुई प्रहरी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाएपनि संघिय सरकारले लापवाही र उदासिनताको कारण कार्यान्वयमा आउन नसकेको मन्त्री साहले बताए । संघिय प्रदेश ऐन, प्रहरी समायोजन ऐन पास भएको लामो समय भईसकेको छ, मन्त्री साहले भने,‘ पनि संघिय सरकार संविधान विपरित सुरक्षाकर्मि आफ्नै मातहत राखिरहेका छन् ।’
संविधानमा प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारको एकल सुचिमा रहेको छ, तर पनि संघियता विरोधी षडयन्त्रको कारण संघिय सरकार प्रहरी समायोजन गर्न चासो देखाई रहेका छैनन् ।’
अगामी श्रावण ११ गते प्रदेश सरकार र प्रदेशमा रहेका सम्पुर्ण दलहरुले संयुक्तमा संघिय सरकारका प्रतिनिधी प्रदेश प्रमुख मार्फत प्रधानमन्त्रीलाई ७ दिनको अल्टमेटम दिएर ज्ञापन पत्र बुझाउछौ । त्यसले पनि सुनवाई नभएर शान्तिपुर्ण आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेर आन्दोलनमा जान्छौ ।’
आफुहरुको आन्दोलनमा अन्य प्रदेशहरुका पनि सहयोग र समर्थन रहने मन्त्री साहले बताए । एक प्रश्नमा मन्त्रि साहले भने,‘ संघियताको जन्ननि मधेश प्रदेश हो । त्यसकारण पुर्ण संघियता कार्यान्वय गर्न प्रदेशका सबै राजनीतिक दल र जनता एक जुट रहेका छन्, अव हुने आन्दोलनमा जनताको पनि समर्थन रहन छ ।’

सम्बन्धित खबर