LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

२० साउन, काठमाडौं । खेलकुदमा पिछिडएका नेपालले एउटा प्रभावशाली खेलाडी स्यान्टू श्रेष्ठ पाएका थिए । स्यान्टू श्रेष्ठ पनि नेपाली टेबल टेनिसले लामो समयमा पाएका एक प्रतिभावान खेलाडी थिए । १६ वर्षको उमेरमै उनले राष्ट्रिय च्याम्पियन, दक्षिण एसियाली खेलकुदको एकै संस्करणमा चारवटा पदक हातपारेका उनको सफलता यही भन्छ । नेपाल नम्बर एक खेलाडी स्यान्टू नेपालमा भविश्य नभएको निष्कर्षका साथ विदेशी जाने तयारीमा जुटेका छन् ।उनी २६ साउनमा अष्ट्रेलिया जादैछन । विदेश जान लागेको भन्ने प्रश्नमा स्यान्टूले भने ‘नेपाल सरकारले केही गर्दैन, हामी बसेर के गर्ने । विदेश नै जानुपर्छ भन्ने सोच आउनुका पछाडि एउटा कारण छ । सेम्टेम्बर, २०२१ ९२०७८ असोजमा कतारको दोहामा भएको एसियन टीटी च्याम्पियनसिपमा नेपालबाट तीन पुरुष र तीन महिला खेलाडीको सहभागिता थिए । राष्ट्रिय खेलकुद परिसद का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले फर्किएर आएपछि खर्च दिने आश्वासन दिएसँगै खेलाडीहरु प्रतिव्यक्ति ६५ हजार तिरेर प्रतियोगिता खेल्न गएका थिए ।तर अहिलेसम्म त्यो रकम सरकारबाट उनीहरु पाएका छैन् ।

सम्बन्धित खबर