LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । तराई मधेशका जिल्लाहरुमा इस्लाम धर्माबल्मवीले मोहरममा आयोजना गर्ने ताजिया (दाहा) मेलाको रौनक देखिएको छ ।
इस्लाम धर्मका लागि ज्यानको आहुति (बलिदानी) दिने हजरत हसन र हजरत हुसेनको सम्झानामा यहाँका मुस्लिम सामुदायहरु इस्लामिक महिना मोहरममा ताजिया –दाहा) मेलाको आयोजना गर्दै आएका छन् । दाहा मेला मुस्लिम समुदायले लगाएपनि त्यसमा हिन्दु समुदायका व्यक्तिहरु उल्लेखनिय संख्यामा सहभागि हुने गर्छन् ।
जनकपुरधाम उपमहागरपालिका बन्धी, पिपरा गाउँपालिकाको हर्दिया, लक्ष्मीनिया गाउँपालिकाको गजरिया, महोत्तरीको धवौलि लगायतका ,स्थानमा ठुला दहा(तजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल,भारत, पाकिस्कतान, बगंलादेशसहितका मुलुकहरमा रहेको छ ।
दाहा मेलामा मुस्लिम समुदायका युवाहरुले विभिन्न प्रकारका कलात्म खेलहरु प्रदर्शन गर्नेछन् भने महिलाहरुले हसन हुसेनको सम्झनामा गित गाउने गर्छन । तर पछिल्लो समय महिलाहरुले गति गाउने चलन हराउदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई तगमा(शिल्ड) वित्तरण गर्ने चलन रहेको छ ।
मोहरम महिनाको नौ औ दिन अर्थात आज सोमवार पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरुले खेल प्रर्दशन गर्छन भने दोस्रो दिन आफ्नै गाँउकै मैदानमा गई खेलतमसा गर्छन् । सो स्थानलाई मुस्लिमहरुले करवला भन्ने गर्छन् । करवलामा दुई वा दुई भन्दा बढी ताजियाको मिलान अर्थात जोरा लगाईने चलन रहेको छ ।
इस्लामिक क्यालेण्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडर अनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.)का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्ना ज्यानका आहुती (बलिदानी)दिएका थिए ।
हजरत हसन र हुसैनले यहुदीहरुबाट धर्म संरक्षणको लडाईमा शहिद भएका कारण उनिहरुकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात दुःख मनाउने गर्छन । तर इस्लामिक धर्मगुरुले तजिया नबनाएर पनि उहाँको सम्झीन सक्ने बताउँछन् । खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको भन्दै इस्लामिक धर्मगुरु अहमद हुसेनले भने,‘ खेलतमसा उचित होईन । इस्लामले मोहरमा खेलतमसाको अनुमति दिदैन् । बरु यो महिनामा बढी भन्दा बढी धार्मिक तथा पुण्यको काम गर्नुपर्छ ।’

सम्बन्धित खबर