LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

मो.इन्तेखाब आलम
जनकपुरधाम । नेपाल लगायत विश्व भरिका मुस्लिम समुदायले पैगम्बर मोहम्मद सल्लल्लाहो अलैहे वसलमको नाति हजरत एमाम हुसैनले इस्लामका लागि दिएको वलिदानको रुपमा हरेक वर्ष उर्दु कलेन्डरको पहिलो महिना अर्थात मोहरमको नौवमी र दशवी तारिखका दिन उनको समझनामा यो पर्व मनाउँछ । एमाम हुसैनले अन्याय विरुद्ध सत्यका लागी लडदै आफनो वलिदान दिएको मोदरर्सा मरकजी दारुल केरातका प्रध्यापक अर्थात मौलाना हाफिज व कारी नसीम अहमद कादरीले बताए । उनले इस्लामको धार्मिक ग्रन्थहरुको रक्षा गरदै यसलाई फेरबदल गर्ने विरुद्ध पहिला कुराकानी गरेर लडे तर उनीहरुले एमाम हुसैनको यो प्रस्तावलाई वास्ता गरेन । एमाम हुसैनको सत्य कुरालाई उनीहरुले चौतरफी हमला गरे उनका भतिजा र आफन्तका लागि यजीद शासकले नाकाबन्दी गरदै हजरत एमाम हुसैनलाई आफनो कुरा मान्ने भने । एमाम हुसैनले यजीको प्रस्तावलाई अस्विकार गरदै भने मेरो नाना पैगम्बर मोहम्मद सल्लल्लाहो अलैहे वसलमले इस्लाममा शराब, जुवा वेश्यावृति लुटमार आदि जस्ता कामलाई नर्गन भनेका छन । उनले यजीद शासकलाई समझाउँदै भने तिमी पनि असत्यको बाटो त्याग गरि इस्लामले दिएका सत्य शिक्षा तिर लागन भने । तर यजीद शासकले उनको प्रस्तावलाई अस्विकार गरदै एमाम हुसैनलाई चौतरर्फी हमला गरे । यजीदले उनको भतिजा र छोरा आफन्तका लागि पानि, खाना मालसमाल सबै माथि नाकाबँदी गरिदिए । यजीदले एमाम हुसैनका छोरा भतिजा आफन्तहरुलाई शहिद गरिदिए । त्यस पछि एमाम हुसैनलाई यजीदका फौजले जंगका लागी आउँन भने । एमाम हुसैनले अन्तमा उनको अन्यायलाई समाप्त पार्नकालागी तलवार उठाए । मौलाना नसीमले भने हजरत एमाम हुसैनले यजीद फौज विरुद्ध लडदै उनका हजारौ फौजलाई सकाप पारे । हजरत एमाम हुसैनले लडदा लडदै नमाजको बेला आए उनले नमाजका लागी यजीदका फौजलाई सिजफायरको सन्देस दिए उनीहरुले केहीबेरका लागी सिजफायरका लागी त्यार भए । उनी नमाज पढनका लागी नियत गरे नमाजमा उनी जब सजदा अर्थात निधार जमीनमा लगाए तब यजीदले आफना फौजलाई भने यदी उनी सजदा गरि नमाज अन्त गरयो भने हामी कोई बाच्ने वाला छैन । यजीदले फौजलाई भने नमाजमा चुपचाप गई उनीमाथि हमला गर अन्तत एमाम हुसैनलाई यजीदले सजदा गर्न बेलामा शहिद गरिदिए । एमाम हुसैनको समझना गरदै कारी नसीमले भने यस मोहरममा मुस्लिम समुदायलाई उनको यादमा नौवमी र दशमी मोहरममा रोजा राख्नु पर्छ । कुरान पढने र उनको नाउँमा फतिहा गनुपर्छ । उनको वलिदानलाई याद गरदै सत्य बाटोमा लागनु पर्छ । उनले यस बाहेक नाचगाना गित ताजियादारी गरनु यो नराम्रो कुरा हो उनले भने । दाहा बनाउन केही मौलाना हरुले सही पनि भनेका छन तर यसको विपरित मानिसहरु ढोल तासा गाना शराब जस्ता वस्तुहरु प्रयोग गरि इमाम हुसैनका वलिदानलाई विर्सेको मौलाना हाफिज वकारी नसीम अहमद कादरीले बताए ।

सम्बन्धित खबर