
जनकपुरधाम । ६ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित जनकपुरधाम–१० देवीचोककी ६० वर्षीया देबसुनर देवीको न्यूरो सर्जन डा। विजय कुमार राउत र उनको टिमले सफल शल्यक्रिया गर्न सफल भएको छ ।जनकपुरधाम उपमहानगरपालिका–४ मुरली चोकस्थित रहेको जनकपुर न्यूरो हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले न्यून खर्चमा सो शल्यक्रिया गर्न सफल भएको हो ।
ब्रेन ट्युरको काठमाडौैं लगायतका स्थानमा उपचार गर्दा चार लाखसम्म खर्च लाग्ने भएपनि जनकपुर न्यूरो हस्पिटलले उनको शल्यक्रिया न्यून शुल्कमा गरेको अस्पतालका सञ्चालक समेत रहेका डाक्टर राउतले बताए । डाक्टर राउतका अनसार देबसुनर देवीको मष्तिस्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई ८ घण्टाको कठिन शल्यक्रियापछि निकालनमा सफल भएको बताए ।