LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

महोत्तरीका विद्यार्थीले बालीमा विषादी छर्किने ड्रोन बनाएको हो । महोत्तरीको बर्दिवास–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका विद्यार्थीहरू अभिषेक अधिकारी, बिक्की जैसवाल र प्रमोद ठाकुरले उक्त ड्रोन बनाएका छन । कक्षा १२ मा बाली विज्ञान अध्ययन गरिरहेका शिक्षकहरू गंगाप्रसाद फुयाल र सतिश जोशीको सहयोगमा विद्यार्थीहरू उक्त ड्रोन बनाएका हुन ।

विद्यार्थी अधिकारीका अनुसार औषधिघुलित ७ लिटरसम्म पानी ड्रोनले बोक्न सक्ने र १० किलोमिटर क्षेत्रभित्र उडान गरी ३० मिनेटसम्म छर्न सक्ने क्षमता रहेको छ ।करिब ३ लाख रुपैयाँ लागतमा २ महिना लगाएर ड्रोन बनाइएको हो । ड्रोनमा ३ सय केभीको मोटर र एफपीभी क्यामेरा जडान गरिएको हो । ड्रोन बनाउन स्टिल, प्लाई र रंग प्रयोग गरिएको हो । विद्यालयका प्रधानाध्यापक दीपक बरालले ड्रोनको सफल परीक्षण भइसकेको जानकारी दिएका हुन ।

सम्बन्धित खबर