LIVE
मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! | एकमहिना नपुग्दै ढल्यो सोनल सरकार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल विश्वासको मत आज लिदै | कमला नदीको देव मेलाः आस्थासँगै पर्यटन र व्यापार | मधेश प्रदेशका मुख्यमन्त्री सोनल २२ कार्तिकमा विश्वासको मत लिने | माओवादी केन्द्र संसदीय दलका नेतामा पुनः साह | जनकपुरधाममा सामाचकेवा महोत्सव सम्पन्न |

महोत्तरीका विद्यार्थीले बालीमा विषादी छर्किने ड्रोन बनाएको हो । महोत्तरीको बर्दिवास–३ स्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाका विद्यार्थीहरू अभिषेक अधिकारी, बिक्की जैसवाल र प्रमोद ठाकुरले उक्त ड्रोन बनाएका छन । कक्षा १२ मा बाली विज्ञान अध्ययन गरिरहेका शिक्षकहरू गंगाप्रसाद फुयाल र सतिश जोशीको सहयोगमा विद्यार्थीहरू उक्त ड्रोन बनाएका हुन ।

विद्यार्थी अधिकारीका अनुसार औषधिघुलित ७ लिटरसम्म पानी ड्रोनले बोक्न सक्ने र १० किलोमिटर क्षेत्रभित्र उडान गरी ३० मिनेटसम्म छर्न सक्ने क्षमता रहेको छ ।करिब ३ लाख रुपैयाँ लागतमा २ महिना लगाएर ड्रोन बनाइएको हो । ड्रोनमा ३ सय केभीको मोटर र एफपीभी क्यामेरा जडान गरिएको हो । ड्रोन बनाउन स्टिल, प्लाई र रंग प्रयोग गरिएको हो । विद्यालयका प्रधानाध्यापक दीपक बरालले ड्रोनको सफल परीक्षण भइसकेको जानकारी दिएका हुन ।

सम्बन्धित खबर