LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

विद्यार्थीको व्यक्तिगत विकास तथा गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै जनकपुरधाममा सातौं हव कन्भेन्सन आयोजना गरेको छ । मोनाष्टिक आवासिय माध्यमिक विद्यालयमा सातौं हव कन्भेन्सन आयोजना भएको हो ।जनकपुरधाम क्षेत्रका १३ वटा विद्यालयका २५० जना विद्यार्थीहरु सहभागि रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले केस स्टडि प्रस्तुतिकरण, घटनाक्रम केस स्टडी प्रस्तुति, कहानी निर्माण, सहयोगात्मक कोलाज तथा प्यानल डिस्कसन लगायतका शैक्षिक विधाहरुमा आफ्नो प्रस्तुतिमार्फत उनीहरुसँग भएका प्रतिभा एक आपसमा सटासाट गरेका हुन् ।

क्वेस्ट नेपालका अध्यक्षसमेत रहेका ग्यालेक्सी पब्लिक स्कूल काठमाडौंका प्रिन्सिपल सुरीना गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्वेस्ट नेपालका कार्यकारी सदस्यसमेत रहेका ब्राइट फ्यूचर स्कूल काठमाडौंका प्रिन्सिपल मोहन कार्की, क्वेस्ट नेपालको सल्लाहकारसमेत रहेका एपेक्स स्कूल भैरहवका प्रिन्सिपल दीपक गौतम तथा क्वेस्ट नेपालका मास्टर ट्रेनर बोजराज सुवेदीलगायतकाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जनकपुरधाम क्षेत्रका मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालय, ह्याप्पी ल्याण्ड स्कुल, श्री माध्यमिक विद्यालय, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोनर्ड स्कुल, जेनिथ नेशनल एकेडमी, सर्वोदय स्कुल, ज्ञान मन्दिर स्कुल, सरस्वती स्कुल कनकपट्टी र डेफोडिल्स पब्लिक स्कुलका गरी जम्मा २५० जना छात्रछात्राहरु सहभागी भएका थिए ।

सम्बन्धित खबर