LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाउन तयार पारेको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा कोही पनि पदाधिकारी परेका छैन । एमालेले बनाएको उम्मेदवार छनोट मापदण्डका कारण पदाधिकारीबाट कोही पनि समानुपातिकतर्फ बस्न नपाएका हुन् । ‘निर्वाचन आयोगमा पेश गर्न तयार बन्दसूचीमा अहिलेसम्म कोही पनि पदाधिकारीको नाम छैन’, उच्च स्रोतले भन्े ।समानुपातिकतर्फको नाम तय गर्न आइतबार सचिवालय बैठक बसेको थियो । बैठकले अन्तिम सूची तयार पार्ने अधिकार भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

तर सूची तयार पार्दा पार्टी बैठकबाट तय भएको मापदण्ड मिच्न नहुनेमा विमति नभएको र एकमतले निर्णय भएको एक पदाधिकारी बताए । ‘मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्छ भन्ने नै निष्कर्ष हो’, एक पदाधिकारी भन्े । एमालेले तयार पारेको मापदण्डकै कारण चार जना पदाधिकारीको सांसद बन्ने बाटो नै बन्द हुनेछ । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमालले समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै एमालेको समानुपातिकतर्फ बसिसकेका छन् । त्यसैले दोहोरिन नपाएका हुन् ।

सम्बन्धित खबर