LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाउन तयार पारेको प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीमा कोही पनि पदाधिकारी परेका छैन । एमालेले बनाएको उम्मेदवार छनोट मापदण्डका कारण पदाधिकारीबाट कोही पनि समानुपातिकतर्फ बस्न नपाएका हुन् । ‘निर्वाचन आयोगमा पेश गर्न तयार बन्दसूचीमा अहिलेसम्म कोही पनि पदाधिकारीको नाम छैन’, उच्च स्रोतले भन्े ।समानुपातिकतर्फको नाम तय गर्न आइतबार सचिवालय बैठक बसेको थियो । बैठकले अन्तिम सूची तयार पार्ने अधिकार भने अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

तर सूची तयार पार्दा पार्टी बैठकबाट तय भएको मापदण्ड मिच्न नहुनेमा विमति नभएको र एकमतले निर्णय भएको एक पदाधिकारी बताए । ‘मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्छ भन्ने नै निष्कर्ष हो’, एक पदाधिकारी भन्े । एमालेले तयार पारेको मापदण्डकै कारण चार जना पदाधिकारीको सांसद बन्ने बाटो नै बन्द हुनेछ । उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र उपमहासचिव विष्णु रिमालले समानुपातिक उम्मेदवार बन्न नपाउने भएका हुन् । ज्ञवाली, शाक्य र रिमाल यसअघि नै एमालेको समानुपातिकतर्फ बसिसकेका छन् । त्यसैले दोहोरिन नपाएका हुन् ।

सम्बन्धित खबर