LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नवौ राष्ट्रिय खेलकुद २०७९को ट्रफीलाई जनकपुरधाममा अनावरण गरेका हुन ।जानकी मन्दिरमा आयोजित ट्रफी अनावरण कार्यक्रममा मुख्यमन्त्री राउतले सो ट्रफीको अनावरण गरेको छ । मुख्यमन्त्री राउतले राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरुको जीवन यापनको व्यवस्था राज्यको दायित्व रहेको उनले भने । उनले मधेश सरकार स्थापना काल देखी खेलाडीहरुको लागी जीवन यापनको ठोस व्यवस्थापन गर्ने लक्ष्य राखे पनि विविध कारणहरुले गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अगामी दिनमा यसका लागि आफ सदैव सक्रिय रहने प्रतिबद्धता समेत गरे ।

पछिल्लो समयमा युवाहरुमा भयावह बन्दै गएको दुव्र्यसनको समस्या बाट प्रदेशलाई मुक्त गराउन समेत खेलकुद माथि जोड दिनु आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले खेलकुदको विकासको लागि आवश्यक पूर्वाधार देखी खेलाडीहरुको व्यवस्थापनमा समेत प्रदेश सरकार अग्रसर हुने प्रतिवद्धता समेत व्यक्त गरे ।महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलाडी दिपक विष्ट, क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्डु पाण्डे, सरोज मिश्र सहितका ले सम्बोधन गर्नु भएको थियो ।

 

सम्बन्धित खबर