LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नवौ राष्ट्रिय खेलकुद २०७९को ट्रफीलाई जनकपुरधाममा अनावरण गरेका हुन ।जानकी मन्दिरमा आयोजित ट्रफी अनावरण कार्यक्रममा मुख्यमन्त्री राउतले सो ट्रफीको अनावरण गरेको छ । मुख्यमन्त्री राउतले राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरुको जीवन यापनको व्यवस्था राज्यको दायित्व रहेको उनले भने । उनले मधेश सरकार स्थापना काल देखी खेलाडीहरुको लागी जीवन यापनको ठोस व्यवस्थापन गर्ने लक्ष्य राखे पनि विविध कारणहरुले गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अगामी दिनमा यसका लागि आफ सदैव सक्रिय रहने प्रतिबद्धता समेत गरे ।

पछिल्लो समयमा युवाहरुमा भयावह बन्दै गएको दुव्र्यसनको समस्या बाट प्रदेशलाई मुक्त गराउन समेत खेलकुद माथि जोड दिनु आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले खेलकुदको विकासको लागि आवश्यक पूर्वाधार देखी खेलाडीहरुको व्यवस्थापनमा समेत प्रदेश सरकार अग्रसर हुने प्रतिवद्धता समेत व्यक्त गरे ।महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलाडी दिपक विष्ट, क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्डु पाण्डे, सरोज मिश्र सहितका ले सम्बोधन गर्नु भएको थियो ।

 

सम्बन्धित खबर