LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाममा करेन्ट लागेर एकै घरका दाजुभाइको मृत्यु भएको हो । अन्य दुईजना घाइते भएका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धी बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको छ।बुधबार आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमति निर्मला देवीलाई करेन्ट लागेपछि बचाउन गएका दाई दिनेश र रमेशलाई करेन्ट लगेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका दुबैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपक रायले बताए ।उनका अनुसार दिनेशकी श्रीमती निर्मला र छोरा ४० वर्षीय मुकेश चौधरी घाइते भएका हुन । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको हो।।

सम्बन्धित खबर