LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाममा करेन्ट लागेर एकै घरका दाजुभाइको मृत्यु भएको हो । अन्य दुईजना घाइते भएका छन् ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धी बस्ने ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको छ।बुधबार आफ्नै घरमा मोटरको तार जडान गर्ने क्रममा दिनेशकी श्रीमति निर्मला देवीलाई करेन्ट लागेपछि बचाउन गएका दाई दिनेश र रमेशलाई करेन्ट लगेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका दुबैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपक रायले बताए ।उनका अनुसार दिनेशकी श्रीमती निर्मला र छोरा ४० वर्षीय मुकेश चौधरी घाइते भएका हुन । उनीहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको हो।।

सम्बन्धित खबर