LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

भारतको अयोध्याबाट बुधबार प्रस्थान गरेको राम राज्य रथ यात्राश्री रामदिग्विजय रथ यात्रा आज शुक्रबार साँझ जनकपुरधाम आइपुगेको छ । श्री रामदिगिव्जय रथ यात्राले भारत र नेपाल गरी ६० दिनमा १५ हजार किलोमिटरको दुरी तय गरिने कार्यक्रम रहेको छ ।

विश्व हिन्दू परिषद एवं अखिल भारतीय सन्त समितिको सहयोगले शक्ति शान्तानन्द महर्षिको तत्वावधानमा निस्केको उक्त रथ यात्राले नेपाल र भारतका २७ वटा राज्यको भ्रमण गर्ने कार्यक्रम रहेको छ । करिब ४० जना अनुयायिद्वारा सुरु गरिएको यस रथ यात्रामा ७ वटा सवारी साधनका साथै भगवान श्रीरामको पादुकाका साथै स्वर्ण रथ पनि सुशोभित छन् ।

शक्ति महर्षिका अनुसार भारत सरकारसँग इण्डियालाई भारत घोषित गर्नुपर्ने, भारतको शिक्षामा रामायणलाई पनि समावेश गर्नुपर्ने र भारतको वास्ताविक इतिहास शिक्षामा समावेश गर्नुपर्ने मागसहित उक्त रथ यात्रा निकालिएको हो ।

राम राज्य रथ यात्रालाई नेपाल–भारतको नामा महोत्तरीको भिडामोठमा नेपाली श्रद्र्धालु भक्तजनहरुले स्वागत गरेका थिए । त्यसपछि महोत्तरीको जलेश्वरमा पनि रथ यात्रीहरुलाई स्वागत गरिएको थियो ।
शुक्रवार साँझ जनकपुरधाम आइपुगका रथ यात्रीलाई जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले स्वागत गरेका छन् । रथ जनकपुरधामबाट शनिवार अन्य स्थानका लागि प्रस्थानग गर्नेछ ।

सम्बन्धित खबर