LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

भारतको अयोध्याबाट बुधबार प्रस्थान गरेको राम राज्य रथ यात्राश्री रामदिग्विजय रथ यात्रा आज शुक्रबार साँझ जनकपुरधाम आइपुगेको छ । श्री रामदिगिव्जय रथ यात्राले भारत र नेपाल गरी ६० दिनमा १५ हजार किलोमिटरको दुरी तय गरिने कार्यक्रम रहेको छ ।

विश्व हिन्दू परिषद एवं अखिल भारतीय सन्त समितिको सहयोगले शक्ति शान्तानन्द महर्षिको तत्वावधानमा निस्केको उक्त रथ यात्राले नेपाल र भारतका २७ वटा राज्यको भ्रमण गर्ने कार्यक्रम रहेको छ । करिब ४० जना अनुयायिद्वारा सुरु गरिएको यस रथ यात्रामा ७ वटा सवारी साधनका साथै भगवान श्रीरामको पादुकाका साथै स्वर्ण रथ पनि सुशोभित छन् ।

शक्ति महर्षिका अनुसार भारत सरकारसँग इण्डियालाई भारत घोषित गर्नुपर्ने, भारतको शिक्षामा रामायणलाई पनि समावेश गर्नुपर्ने र भारतको वास्ताविक इतिहास शिक्षामा समावेश गर्नुपर्ने मागसहित उक्त रथ यात्रा निकालिएको हो ।

राम राज्य रथ यात्रालाई नेपाल–भारतको नामा महोत्तरीको भिडामोठमा नेपाली श्रद्र्धालु भक्तजनहरुले स्वागत गरेका थिए । त्यसपछि महोत्तरीको जलेश्वरमा पनि रथ यात्रीहरुलाई स्वागत गरिएको थियो ।
शुक्रवार साँझ जनकपुरधाम आइपुगका रथ यात्रीलाई जानकी मन्दिरका छोटा महन्थ रामरोशन दासले स्वागत गरेका छन् । रथ जनकपुरधामबाट शनिवार अन्य स्थानका लागि प्रस्थानग गर्नेछ ।

सम्बन्धित खबर