LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम, । धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका हुन ।जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका छन। छनोट भएकामध्ये १४ हक्कीका एकजना खो–खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वध्यक्ष अरुणकुमार महतोले भने। १५ खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए। ती खेलाडी मंगलबार बिहान पोखराका लागि प्रस्थान गरेका हुन।

हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रुपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय छन्।त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रृति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह रहेमो छन्। त्यसैगरी खो–खो खेलतर्फ रुपा राई छनोट भइन्। आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएपछि खुसी भएको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले भनिन्।

मंगलबार बिहान खेलाडीलाई बिदाइ गर्दै खेलाडी र खेलकुदको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो। यहाँ धेरै क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टन, कबड्डी, कराँतेलगायत खेल खेल्ने खेलाडी धेरै छन् तर व्यवस्थापन र प्रशिक्षकको अभाव खेलाडीलेमौका पाएका छैनन्’, उनले भने। उनले प्रदेश सरकार र स्थानीय सरकारले खेलकुदमा ध्यान दिए यहाँबाट विभिन्न खेलमा दर्जनौँ खेलाडी उत्पादन गर्न सकिने उनले बताए।

सम्बन्धित खबर