LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । नवौ लकुद अन्तर्गत मधेश प्रदेशले फुलकन्टेक्ट करातेमा प्रतियोगितामा राम्रो प्रदर्शन गरेको छ ।
फुलकन्टेक्ट कराते प्रतियोगितामा एक स्र्वण पदक ल्याएपनि सात वटै प्रदेशमा दोस्रो स्थानमा मधेश प्रदेशले आफ्नो स्थान बनाउन सफल भएको छ । सातै प्रदेश मध्ये आयोजक गण्डकी प्रदेशले सबभन्दा बढी स्वर्ण पद ल्याएको छ । गण्डी प्रदेशले ४ स्वर्ण पदकसहित ९ वटा मेडल ल्याएको छ भने मधेश प्रदेशले १ स्वर्ण पदकसहित ५ वटा मेडल ल्याउन सफल भएको छ । प्रतियोगितामा सहभागि बागमति र सुदुरपश्चिम प्रदेशले भने एउटा पनि स्वर्ण पदक ल्याउन सकेनन् । बागिमतिले ३ गोल्ड र १ सिलभर र सुदुरपश्चिमले एक गोल्ड र ३ सिलभर मात्रै ल्याउन सफल भएको छ ।


मधेश प्रदेशबाट ५५ मुनि तौल समुहमा खेलाडी धमेन्द्र रामले स्वर्ण पदक र ४० मुनिल तौल समुहमा अरमान साफी, ओपन खेलमा सुजित खड्का र ४५ मुनि तौल समुहमा गोविन्द गौतम चौहान र सिलभर मेडल ल्याएका हुन् । त्यसैगरि, ५५ किलो तौल समुहमा महिला तर्फ अस्मिता घरेलले पनि सिलभर ल्याएकी फुलकन्टेक करातेमा वरिष्ठ प्रशिक्षक असगर खाँले जानकारी दिए । प्रतियोगितामा हाम्रो खेलाडीहरुले राम्रो प्रदर्शन गरेपनि प्राविधिक कारणले आफुहरुले अपेक्षा अनुसार मेडल ल्याएन नसकेको खाँले बताए ।

सम्बन्धित खबर