LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको हो । मंगलबार विभागीय क्लबहरुबीच भएको फाइनल खेलमा एपीएफलाई ५ रनले पराजित गर्दै पुलिस पहिलो सहभागितामा नै उपाधि जित्न सफल भएको हो ।नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नै गत भदौ अन्तिममा काठमाडौंमा भएको पुरुष क्रिकेटको उपाधि पनि पुलिसले नै जितेको थियो ।मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको एपीएफले ७ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।पुलिसका लागि ओपनर काजल श्रेष्ठले ५५ बल खेल्दै सर्वाधिक २७ रन बनाएकी थिइन् । यस्तै सम्झना खड्काले २१, कविता कुँवरले ११, कविता जोशीले अविजित १३ रन बनाइन् ।

सम्बन्धित खबर