LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

कात्तिक, पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको हो । मंगलबार विभागीय क्लबहरुबीच भएको फाइनल खेलमा एपीएफलाई ५ रनले पराजित गर्दै पुलिस पहिलो सहभागितामा नै उपाधि जित्न सफल भएको हो ।नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नै गत भदौ अन्तिममा काठमाडौंमा भएको पुरुष क्रिकेटको उपाधि पनि पुलिसले नै जितेको थियो ।मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको एपीएफले ७ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।पुलिसका लागि ओपनर काजल श्रेष्ठले ५५ बल खेल्दै सर्वाधिक २७ रन बनाएकी थिइन् । यस्तै सम्झना खड्काले २१, कविता कुँवरले ११, कविता जोशीले अविजित १३ रन बनाइन् ।

सम्बन्धित खबर