LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी(२० विश्वकपमा जिम्बावे ७१ रनले पराजित गरी भारत समूहको विजेताका रुपमा सेमिफाइनल खेल्ने भएको छ । समूहको अन्तिम खेलले यो समूहको विजेता टुंगो लागेको हो । पाकिस्तान समूह उपविजेता बनेको छ ।आइतबार बिहान भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएपछि नै सेमिफाइनलमा स्थान पक्का गरेको भारतले समूह २ मा ५ खेलबाट ८ अंक जोड्यो । दक्षिण अफ्रिका हारेपछि अर्को खेलमा बंगलादेशलाई पराजित गर्दै ६ अंक जोडेको पाकिस्तान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गर्‍यो ।

५ अंक जोडेको दक्षिण अफ्रिका भने सुपर(१२ बाटै बाहिरियो ।सुपर १२ चरणका खेलको समाप्तीसँगै विश्वकप सेमिफाइनल समीकरण पनि पूरा भएको छ । समूह एकबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड क्रमसः वजिेता र उपविजेताका रुपमा यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग र भारतले इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । न्युजिल्याण्ड र पाकिस्तानबीचको पहिलो सेमिफाइनल नोभेम्बर ९ मा सिड्नीमा हुनेछ भने दोस्रो सेमिफाइनल नोभेम्बर १० मा एडिलेडमा हुनेछ ।

दुवै सेमिफाइनलका लागि रिजर्भ डे राखिएको छ । फाइनल खेल नोभेम्बर १३ मा मेलवर्नमा हुनेछ ।मेलवर्नमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सूर्यकुमार यादव र ओपनर केएल राहुलको अर्धशतकमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । आक्रमक ब्याटिङ गरेका सर्यकुमारले अविजित ६१ रन बनाउने क्रममा मात्र २५ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गरे । त्यसअघि ओपनर केएल राहुलले ३५ बलमा ५१ रन जोडे । उनले समान ३ चौका र छक्का प्रहार गरे । विराट कोहलीले २६, हार्दिक पाण्ड्याले १८ र रोहित शर्माले १५ रन बनाए ।

बलिङमा जिम्बावेका सिन विलियम्सले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । रिचर्ड एनगाराभा, ब्लेसिङ मुजाराबानी र सिकन्दर राजाले समान १ विकेट लिए ।१८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७।२ ओभरकमा सबै विकेट गुमाएर ११५ रन मात्र बनायो । जिम्बावेका लागि राएन बर्लले ३५ र सिकन्दर राजाले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।बर्लले २२ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । राजाले २४ बल खेलेर ३ चौका प्रहार गरे । ३६ रनमै ५ विकेट गुमाएको अवस्थामा बर्ल र राजाले छैटौं विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । कप्तान क्रेग इर्भिनले १३ र सिन विलयम्सले ११ रन जोडे ।

जिम्बावेलाई अलआउट गर्न भारतका लागि रबिचन्द्रन आश्विनले ३ विकेट लिए । मोहम्मद शामी र हार्दिक पाण्ड्याले २(२ तथा भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्षर पटेलले समान १ विकेट लिए ।

 

सम्बन्धित खबर