LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । तमलोपा क्षेत्र न.३ को २ बाट उम्मेदावर दिएका असगर अलीले मनी र मसलको राजनितीले प्रदेश र देशको समृद्धी नहुने दावी गरेका छन ।मधेश र मधेशीको अधिकार सुनिश्चत गराउँन निमित यसपालीको चुनावी मैदानमा उतरेको उनले बताए । मधेशका हजारौ नागरिक नागरिकता विहिन रहेको छ,उनको हक र अधिकारका लागी आफु उम्मेदवारी दिएको बताए । नागरिकता विहिन नेपाली नागरिकको समस्यालाई राजनितीकर्मीहरुले चुनावी मुदामा मात्र सिमित राखेर जनतालाई भ्रममा राखेको उनले आरोप लगाए । जनतालाई कसैले भ्रममा राखेर मधेशी र मधेशको विकास हुन सक्दैन, त्यसैले जनताको हक र अधिकार इमान्दारिता पुर्वक दिलाउँन आजको आवश्यकता रहेको उनले बताए ।

फोहर राजनिती देशमा धेरै वर्ष देखि चलि आईरहेको छ, यसलाई विना परिवर्तन नगरि देशको र मधेशको विकास हुनेवाला छैन उनले भने । नेता इमान्दार नभए देशको विकास कहिले हुन सक्दैन, त्यसैले जनता यसपालि विकास प्रेमी नेतालाई जितावन जनताको आजको परिवेश रहेको उनले बताए । ६५ वर्षको उमेरमा मैले तमोलोपाबाट उम्मेदवारी दिएका छौ मैले फोहर राजनितीलाई सुद्धीकरण गर्न निमित यसपालिको चुनावमा जनता समक्ष उम्मेदवारी दिएको उनले बताए । हाम्रा वंशज्ञहरुले देशको विकास हेरेर दुनियाबाट गईहाले अब हामी हाम्रा नयाँ पिढीका लागि इमान्दारिता पुर्वक काम गरेर देश र प्रदेशको विकास गर्ने बाहेक अब अर्को कुनै विकल्प नरहेको उनले बताए ।

 

सम्बन्धित खबर