LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । तमलोपा क्षेत्र न.३ को २ बाट उम्मेदावर दिएका असगर अलीले मनी र मसलको राजनितीले प्रदेश र देशको समृद्धी नहुने दावी गरेका छन ।मधेश र मधेशीको अधिकार सुनिश्चत गराउँन निमित यसपालीको चुनावी मैदानमा उतरेको उनले बताए । मधेशका हजारौ नागरिक नागरिकता विहिन रहेको छ,उनको हक र अधिकारका लागी आफु उम्मेदवारी दिएको बताए । नागरिकता विहिन नेपाली नागरिकको समस्यालाई राजनितीकर्मीहरुले चुनावी मुदामा मात्र सिमित राखेर जनतालाई भ्रममा राखेको उनले आरोप लगाए । जनतालाई कसैले भ्रममा राखेर मधेशी र मधेशको विकास हुन सक्दैन, त्यसैले जनताको हक र अधिकार इमान्दारिता पुर्वक दिलाउँन आजको आवश्यकता रहेको उनले बताए ।

फोहर राजनिती देशमा धेरै वर्ष देखि चलि आईरहेको छ, यसलाई विना परिवर्तन नगरि देशको र मधेशको विकास हुनेवाला छैन उनले भने । नेता इमान्दार नभए देशको विकास कहिले हुन सक्दैन, त्यसैले जनता यसपालि विकास प्रेमी नेतालाई जितावन जनताको आजको परिवेश रहेको उनले बताए । ६५ वर्षको उमेरमा मैले तमोलोपाबाट उम्मेदवारी दिएका छौ मैले फोहर राजनितीलाई सुद्धीकरण गर्न निमित यसपालिको चुनावमा जनता समक्ष उम्मेदवारी दिएको उनले बताए । हाम्रा वंशज्ञहरुले देशको विकास हेरेर दुनियाबाट गईहाले अब हामी हाम्रा नयाँ पिढीका लागि इमान्दारिता पुर्वक काम गरेर देश र प्रदेशको विकास गर्ने बाहेक अब अर्को कुनै विकल्प नरहेको उनले बताए ।

 

सम्बन्धित खबर