LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

अहिलेसम्म सार्वजनिक भएको मत परिणामअनुसार प्रतिनिधिसभामा तीन जोडी श्रीमान-श्रीमती र ६ दाजु बहिनी निर्वाचित भएका छन्।
एमाले सचिव रघुवीर महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो दुवैजना प्रत्यक्षबाट निर्वाचित भएका छन्। महासेठ धनुषा-४ बाट कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन्।महासेठले १२४ मत बढी ल्याएर जितेका छन्। उनले २२ हजार २३६ मत ल्याउँदा प्रतिस्पर्धी यादवले ३२ हजार ११२ मत पाएका छन्।त्यस्तै, धनुषा-३ बाट जुली निर्वाचित भएकी छन्। उनले ३३ हजार ३८८ मत पाउँदा प्रतिस्पर्धी अनिलकुमार झाले २३ हजार ६८६ मत पाएका छन्।त्यस्तै जुलीको दाजु वीरेन्द्र महतो जसपा पार्टीबाट सिराह–४ बाट निर्वाचित भएका छन्। उनले २४ हजार १०२ मत ल्याउँदा जनमत पार्टीका वीरेन्द्र प्रसाद शाहले १६ हजार २९४ मत पाएका छन्। एकै परिवारबाट संघीय संसदमा सांसद बन्ने यो एक मात्रै परिवार हो।त्यस्तै, संसद प्रवेश गर्ने अर्को जोडी हो- कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा। देउवा डडेल्धुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् भने राणा कांग्रेसको समानुपातिक तर्फबाट सांसद बन्ने निश्चित छ।
कांग्रेसको खस आर्यतर्फको तेस्रो नम्बरमा रहेकी राणा सांसद बन्ने पक्का छ। कांग्रेसले समानुपातिकबाट २९ जना निर्वाचित गर्दा खस आर्यतर्फका ९ जना महिला पर्छन्।संसदमा प्रतिनिधित्व गर्ने अर्को जोडी हो- जसपा नेता अशोक राई र उनकी श्रीमती सुशीला श्रेष्ठ। राईले सुनसरी-१ बाट एमालेको समर्थनमा जितेका छन्। उनले १७ हजार ५९ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत पाएकी छन्।
राईकी श्रीमती सुशीला भने जसपाको समानुपातिकमा जनजाति समूहको पहिलो नम्बरमा छिन्। जसपाले थ्रेस होल्ड कटाएकाले पहिलो नम्बरमा रहेकी सुशीला सांसद बन्ने पक्का भएको छ।

सम्बन्धित खबर