LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

अहिलेसम्म सार्वजनिक भएको मत परिणामअनुसार प्रतिनिधिसभामा तीन जोडी श्रीमान-श्रीमती र ६ दाजु बहिनी निर्वाचित भएका छन्।
एमाले सचिव रघुवीर महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो दुवैजना प्रत्यक्षबाट निर्वाचित भएका छन्। महासेठ धनुषा-४ बाट कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन्।महासेठले १२४ मत बढी ल्याएर जितेका छन्। उनले २२ हजार २३६ मत ल्याउँदा प्रतिस्पर्धी यादवले ३२ हजार ११२ मत पाएका छन्।त्यस्तै, धनुषा-३ बाट जुली निर्वाचित भएकी छन्। उनले ३३ हजार ३८८ मत पाउँदा प्रतिस्पर्धी अनिलकुमार झाले २३ हजार ६८६ मत पाएका छन्।त्यस्तै जुलीको दाजु वीरेन्द्र महतो जसपा पार्टीबाट सिराह–४ बाट निर्वाचित भएका छन्। उनले २४ हजार १०२ मत ल्याउँदा जनमत पार्टीका वीरेन्द्र प्रसाद शाहले १६ हजार २९४ मत पाएका छन्। एकै परिवारबाट संघीय संसदमा सांसद बन्ने यो एक मात्रै परिवार हो।त्यस्तै, संसद प्रवेश गर्ने अर्को जोडी हो- कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा। देउवा डडेल्धुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् भने राणा कांग्रेसको समानुपातिक तर्फबाट सांसद बन्ने निश्चित छ।
कांग्रेसको खस आर्यतर्फको तेस्रो नम्बरमा रहेकी राणा सांसद बन्ने पक्का छ। कांग्रेसले समानुपातिकबाट २९ जना निर्वाचित गर्दा खस आर्यतर्फका ९ जना महिला पर्छन्।संसदमा प्रतिनिधित्व गर्ने अर्को जोडी हो- जसपा नेता अशोक राई र उनकी श्रीमती सुशीला श्रेष्ठ। राईले सुनसरी-१ बाट एमालेको समर्थनमा जितेका छन्। उनले १७ हजार ५९ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत पाएकी छन्।
राईकी श्रीमती सुशीला भने जसपाको समानुपातिकमा जनजाति समूहको पहिलो नम्बरमा छिन्। जसपाले थ्रेस होल्ड कटाएकाले पहिलो नम्बरमा रहेकी सुशीला सांसद बन्ने पक्का भएको छ।

सम्बन्धित खबर