LIVE
बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित |

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको जनकपुरधामस्थित जानकी मन्दिर दर्शन कार्यक्रम विभिन्न हिन्दुवादी संगठनहरूको विरोधपछि स्थगित गरिएको छ ।

मंगलबार दिउँसो साम्पाङ जानकी मन्दिरमा दर्शनका लागि जाने तयारी भइरहेका बेला सम्राट सेना लगायतका हिन्दुवादी संघ–संस्थाका कार्यकर्ताले मन्दिर परिसर तथा आसपास क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले ‘जय श्रीराम’, ‘हर्क साम्पाङ मुर्दाबाद’ र ‘हिन्दू विरोधी मुर्दाबाद’ लगायतका नाराबाजी गरेका थिए । विरोधका क्रममा केही समय प्रदर्शनकारी र प्रहरीबीच सामान्य ठेलमठेलसमेत भएको थियो ।

हिन्दू सम्राट सेनाका धनुषा जिल्ला अध्यक्ष विनीत यादव, कोषाध्यक्ष लक्ष्मी साह, राष्ट्रिय एकता अभियानका केन्द्रीय कोषाध्यक्ष मनिष पूर्वेलगायतका प्रदर्शनकारीले छुट्टाछुट्टै समूहमा मन्दिर परिसर र आसपास क्षेत्रमा उपस्थित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै साम्पाङको जानकी मन्दिर भ्रमण कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले सुरक्षा व्यवस्था कडा पारिए पनि साम्पाङ मन्दिर परिसरमा नपुगेको जानकारी दिए । मन्दिर क्षेत्रको सुरक्षा व्यवस्थपनमा आफुहरु खटेपनि विरोधको खबर पाएर उहाँ(साम्पाङ) भ्रमण स्थगित गरेको हुन सक्ने उनले बताए ।

प्रहरीले विरोध प्रदर्शनबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै दर्शन कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना समर्थकमाथि जानकी मन्दिर परिसरमा दुव्र्यवहार भएको दाबी गरेका छन् । उनले उक्त घटनाका कारण आफूले त्यस दिन मन्दिर दर्शन गर्न नसकेको उल्लेख गर्दै भविष्यमा जानकी देवीको दर्शन गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

साम्पाङले अर्को स्टाटसमार्फत आफू जनकपुर पुग्नुअघि नै लखेटिएको भन्ने समाचारलाई भ्रमपूर्ण भएको दाबी गरेका छन् । साथै, “गाई खाएको भन्दै मन्दिर प्रवेश गर्न नदिने” भन्ने कुरा आफूले सुनेको उल्लेख गर्दै “कसले गाई खायो?” भन्ने प्रश्न उठाएका छन्। उनले यस्तो विषयलाई राजनीतिकरण गरिएको संकेत गर्दै अन्त्यमा जानकी मन्दिरप्रति सम्मान व्यक्त गरेका छन् ।

सम्बन्धित खबर