LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

१५ कात्तिक, । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको हो । बिहीबार बजार परिसूचक नेप्से ११.२२ अंक -०.५८ प्रतिशत० ले वृद्धि भएर १९६१.०६ अंकमा बन्द भएको छ ।नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक, लगानी उपसूचक र निर्जीवन बीमा उपसूचकमा भने गिरावट भएको छ । बजारलाई नेतृत्व गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक सर्वाधिक १।

२८ प्रतिशतले बढेको छ ।बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ८६ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजारको कारोबार भएको छ ।जसमध्ये नबिल बैंकको सर्वाधिक १४ करोड ४५ लाख ५७ हजारको कारोबार भएको छ । आकर्षक लाभांश गर्ने अपेक्षामा बैंकको सेयरमूल्य सँगै कारोबार रकम हरेक दिन बढ्दै गएको छ । बिहीबार एनसीसी बैंकको संस्थापक सेयर पनि ८ करोड १३ लाख ५९ हजारको कारोबार हुँदा हिमाल दोलाखा हाइड्रोपावरको ७ करोड ७८१ लाख ९४ हजारको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार भएकोमा १०७ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ८४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये धौलागिरी लघुवित्तको सेयरमूलय सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै श्वेतगंगा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.२१ प्रतिशतले वृद्धि हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ५.०८ प्रतिशतले वृद्धि भएको छ ।यता सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ३.६४ प्रतिशत, घलेम्दी हाइड्रोपावरको सेयरमूल्य २.६३ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य २.५३ प्रतिशतले गिरावट भएको छ ।

सम्बन्धित खबर