LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

१५ कात्तिक, । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचकमा दोहोरो अंकको वृद्धि भएको हो । बिहीबार बजार परिसूचक नेप्से ११.२२ अंक -०.५८ प्रतिशत० ले वृद्धि भएर १९६१.०६ अंकमा बन्द भएको छ ।नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि भएको छ । होटल तथा पर्यटन उपसूचक, लगानी उपसूचक र निर्जीवन बीमा उपसूचकमा भने गिरावट भएको छ । बजारलाई नेतृत्व गर्ने बैंकिङ उपसूचक नै ०.९९ प्रतिशतले वृद्धि हुँदा जीवन बीमा उपसूचक सर्वाधिक १।

२८ प्रतिशतले बढेको छ ।बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ८६ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३८ लाख ६५ हजार ९६१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजारको कारोबार भएको छ ।जसमध्ये नबिल बैंकको सर्वाधिक १४ करोड ४५ लाख ५७ हजारको कारोबार भएको छ । आकर्षक लाभांश गर्ने अपेक्षामा बैंकको सेयरमूल्य सँगै कारोबार रकम हरेक दिन बढ्दै गएको छ । बिहीबार एनसीसी बैंकको संस्थापक सेयर पनि ८ करोड १३ लाख ५९ हजारको कारोबार हुँदा हिमाल दोलाखा हाइड्रोपावरको ७ करोड ७८१ लाख ९४ हजारको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार भएकोमा १०७ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ८४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ । जसमध्ये धौलागिरी लघुवित्तको सेयरमूलय सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै श्वेतगंगा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.२१ प्रतिशतले वृद्धि हुँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य ५.०८ प्रतिशतले वृद्धि भएको छ ।यता सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ३.६४ प्रतिशत, घलेम्दी हाइड्रोपावरको सेयरमूल्य २.६३ प्रतिशत र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य २.५३ प्रतिशतले गिरावट भएको छ ।

सम्बन्धित खबर