LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । विश्व फुटबलमा शक्तिशाली राष्ट्र बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेपछि आफ्नो टिसर्टले मुख छोपेर रोए । त्यो बराबरीले बेल्जियम विश्वकप फुटबलको यो संस्करणमा समूह चरणबाटै बाहिरियो ।सो खेलमा उनी आफ्नो देशका लागि अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेकोमा बढी निराश थिए । यो नैराश्यता यस अर्थमा पनि हुन सक्छ कि बेल्जियमको एक स्वर्णिम पुस्ताको अन्त्य निकै दुखद भएको थियो ।

बेल्जियमको बेल्जियमको स्वर्णीम पुस्ताको लागि अनपेक्षित र नौलो हार थियो । यो हारसँगै बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो पदबाट राजीनामा दिए । उनको अनुबन्धता सकिएको थियो । ६ वर्षको अवधिमा उनीसँग केभिन डी ब्रुएना, रियल म्यड्रिडका इडन हर्जाड, थियावट कोर्टवा र लुकाकु थिए ।सन् २०१८ बाट २०२२ को मार्चसम्म फिफा वरीयताको शीर्षस्थानमा रहेको बेलिजयमले हालसम्म कुनै पनि ठूला प्रतियोगिता जित्न सकेको छैन । बेल्जियमको विश्वकपमा सबैभन्दा राम्रो नतिजा भनेको २०१८ को विश्वकप हो, जसमा बेल्जियम तेस्रो भएको थियो ।
बेल्जियन फुटबलमा स्वर्णिम पुस्ताको दुःखद अन्त्य

१६ मंसिर,काठमाडौं । विश्व फुटबलमा शक्तिशाली राष्ट्र बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेपछि आफ्नो टिसर्टले मुख छोपेर रोए । त्यो बराबरीले बेल्जियम विश्वकप फुटबलको यो संस्करणमा समूह चरणबाटै बाहिरियो ।सो खेलमा उनी आफ्नो देशका लागि अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेकोमा बढी निराश थिए । यो नैराश्यता यस अर्थमा पनि हुन सक्छ कि बेल्जियमको एक स्वर्णिम पुस्ताको अन्त्य निकै दुखद भएको थियो ।

बेल्जियमको बेल्जियमको स्वर्णीम पुस्ताको लागि अनपेक्षित र नौलो हार थियो । यो हारसँगै बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो पदबाट राजीनामा दिए । उनको अनुबन्धता सकिएको थियो । ६ वर्षको अवधिमा उनीसँग केभिन डी ब्रुएना, रियल म्यड्रिडका इडन हर्जाड, थियावट कोर्टवा र लुकाकु थिए ।सन् २०१८ बाट २०२२ को मार्चसम्म फिफा वरीयताको शीर्षस्थानमा रहेको बेलिजयमले हालसम्म कुनै पनि ठूला प्रतियोगिता जित्न सकेको छैन । बेल्जियमको विश्वकपमा सबैभन्दा राम्रो नतिजा भनेको २०१८ को विश्वकप हो, जसमा बेल्जियम तेस्रो भएको थियो ।

पहिलो संस्करणको विश्वकपमै सहभागी बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो । १९३४ र १९३८ मा अन्तिम १६ मा स्थान बनाएको रेड डेभिल्स १९५० मा विश्वकपमा छनोट नै भएन । १९५४ मा समूह चराणबाटै बाहिरियो ।त्यसपछिका तीन संस्करणमा बेल्जियम छनोट हुन सकेन । १९७० मा छनोट भए पनि समूह चरणबाटै बाहिरियो । १९७४ र १९७८ मा पुन छनोट हुन सकेन । १९८२ मा समूह चरण र १९८६ मा चौथो भयो ।१९९० र १९९४ मा अन्तिम १६ सम्म पुग्न सफल भयो । १९९८ मा समूह चरणबाटै बाहिरियो । २००२ मा अन्तिम १६ मा पुग्यो ।

२००६ र २०१० मा विश्वकपमा छनोट हुन सकेन । २०१४ को संस्करणमा क्वाटरफाइनसम्मको यात्रा तया गर्यो र २०१८मा तेस्रो स्थानमा आयो ।यसरी हेर्दा १९८६ मा पहिलो पटक चौथो स्थानमा पुगेको बेल्जियम, २०१४ यता केही लयमा फर्किएको थियो भने यसपटक समूह चरणबाटै बाहिरियो ।क्रोयसियासँग खेलेको बेल्जियमको पहिलो रोजाईको खेलाडीको औसत उमेर ३१ वर्ष ९५ दिन थियो । २०१० पश्चात कुनै टिम यति पाका खेलाडीसँग खेलिरहेको थियो ।विश्वकप फुटबलमा समुह चरणबाटै बाहिरिएपछि प्रशिक्षकलाई सोधिएको प्रश्न थियो ।

के बेल्जियमको स्वर्णीम फुटबल पुस्ताको अन्त्य भएको हो उनको जवाफ थियो– ‘होइन । अझै पनि बेल्जियमसँग अमादौ ओनाना र जेरेमी डोकु जस्ता खेलाडी छन् । अघिल्लो स्वर्णीम पुस्ताका केही खेलाडीले अब आउने नयाँ पुस्तालाई तयार गर्दैछन् । जरुरी छैन कि मैदान के हुन्छ, त्यहि मात्रै विरासत जोगाउने माध्यम हो । आफ्नो स्थान बनाउन अब बेल्जियमको नयाँ पुस्ताले भूमिका खेल्नुपर्छ ।’

नयाँ सुरुवातको समय

बेल्जियमको यो टिमले २०१८ को विश्वकपमा राम्रो लय लिएको थियो । रसियामा भएको विश्वकपमा यो टिमका लागि एक राम्रो नतिजा थियो ।क्वाटरफाइनलमा ब्राजिललाई हराएपछि अन्तिम चारको खेलमा विश्वच्याम्पियन फ्रान्ससँग हार्दै तेस्रो स्थानमा सीमित हुुनु नै यस पुस्ताको सबैभन्दा राम्रो नतिजा सहितको विश्वकप थियो ।यो टिम २०१४ को विश्वकपमा क्वाटरफाइनल र २०१६ को युरोपियन च्याम्पियनसिमा पुगेको थियो । २०२० को यूरोमा क्वाटरफाइनलभन्दा अगाडि जान सकेन । तर, त्यहि टिम लिएर कतार जानु बेल्जियमका लागि अनुपयुक्त थियो ।

टिममा परिवर्तन नगर्नु नै बेल्जियमको टिम कमजोर देखिनृुको कारण थियो ।धेरै खेलाडी ३० कटिसकेका थिए । डी ब्रुइन र हजार्ड ३१ वर्षका भए । टिमका डिफेन्डर वर्टेन्घन र टोवी क्रमशः ३५ र ३३ वर्ष भए ।डी ब्रुइनले यो विश्वकप जित्नका लागि यो टिम पुरानो भएको कुरा गरिसकेका थिए । विश्वकप जित्नका लागि यो सोच निकै पुरानो भएको र टिममा पनि असमझदारी भएको कुरा बाहिर आएको थियो ।क्रोएसियासँग ०–० को बराबरी खेल्नु अघि बेल्जियम समर्थक अमन्डा शार्पले भनिन्, ‘यी खेलाडीहरुका लागि आफूलाई प्रमाणित गर्ने यो अन्तिम मौका हुनेछ ।

’त्यस्तै अमान्डाका श्रीमान गेजले पनि भने, ‘एक नयाँ युग सुरु हुनुपर्ने बेला भएको छ । किनभने मार्टिनेज यी प्रतिभाशाली खेलाडीको टिमसँग पहिला नै विफल भइसकेका थिए ।’अनावश्यक हल्लाले तनावमा खेलाडी, असली बेल्जियमको खेल देखिएन ।टिममा बाहिरको अफवाहको प्रभाव परेर प्रदर्शन कमजोर भएको प्रशिक्षकले मार्टिनेजले बताए ।समूह चरणबाट बाहिरिए पनि कुनै पनि पश्चताप नभएको मार्टिनेजले बताए । ‘केही पश्चताप छैन हामी हाम्रो शिर उचालेर नै बाहिर जान सक्छौं । यद्यपी हामी जित्न चाहन्थ्यौं ।

हामीले यस अघिको विश्वकपमा समूह चरणको तीनै खेल जितेका थियौं ।’ उनले भने ।यसपाली बेल्जियमले समुह चरणको तीन खेलमध्ये एक खेल मात्रै जित्यो ।हाम्रो पहिलो केही खेलमा हामी डराएका थियौं । टिममा एकता छैन भन्ने हल्लाले हामीलाई प्रभावित पा¥यो हाम्रो टिम हराएको होइन हामी डराएका हौं । जसका कारण यो नतिजा आयो ।’ मार्टिनेजले भने ।प्रशिक्षक मार्टिनेज भन्छन्,‘यदि हामी यो कुरा नसोची, यसबाट बाहिर आएर खेलेको भए मात्र हामीले असली बेल्जियमको खेल देखाउन सक्थ्यौं । बेल्जियमको टिममा खेलाडी तनावग्रस्त थिए । जब उनीहरु आफंैले आफ्नो खेल हेर्नेछन्, तब थाहा पाउनेछन्, उनीहरुको खेल राम्रो नभएका कारण हामी बाहिरिएका हौं भन्ने थाहा पाउनेछौं ।’

बीबीसीबाट अनुदित

सम्बन्धित खबर